• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

संसारकै उत्कृष्ट पेयपदार्थको सूचीमा नेपाली रक्सी ‘नेवाः ऐला’  


  •   शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
  • Advertisement

    काठमाडौं/अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो । नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’ । अर्थात्, रक्सी । उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ ।’

    उनका अनुसार ऐला बनाउनुअघि ‘जाँड’ कसरी बनाइन्छ भन्ने जान्न जरुरी छ । नेवार भाषामा ‘थ्वँ’ भनिने जाँड एक पाथीभन्दा कम चामलको बन्दैन। ताइचिन चामलको चिउराबाट पनि बनाउन सकिन्छ । सुरुआतमा चामललाई दुई घन्टाभन्दा बढी भिजाउनुपर्छ । त्यसपछि ‘फोँसी’ अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ । अघि भिजाइरहेको चामलको पानी तर्काएर निकाल्दै पोटासीः (ममः पकाउनेजस्तै साना प्वाल भएको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ ।

    पाक्न लागेपछि त्यसलाई निकाल्ने । यतिबेलासम्म भात आधा पाकेको हुन्छ । त्यसलाई चिसो पानीले भिजाउनुपर्छ ।यो भातलाई पानी उम्लिरहेको फोँसीमा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ । यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ ।‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ । अर्थात्, बाफमा पकाएको भात,’ सोभिताले भनिन्, ‘हाजालाई केही बेर चिसो बनाउन फिँजाएर राख्नुपर्छ । अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ ।’

    यो भात (हाजा) मा मर्चा (जाँड बनाउन चाहिने सामग्री) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ । त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाजा खन्याइन्छ । त्यसअघि कोँचालाई फोँसीमा उम्लिरहेको तातोपानीले बफ्याउँदा राम्रो हुन्छ । यसो गर्दा जाँड (थ्वँ) ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ। कोँचामा जाँड बनाउन लपेस (पातले बनाएको भोज खाने भाँड) ले छोप्नुपर्छ । करिब चार दिन छोपेर राखेपछि जाँडको बासना बाहिरसम्मै आउँछ । त्यसलाई केही बेर खुल्लै छाडिदिनुपर्छ ।

    यो प्रक्रियाबाट तयार भएकोलाई पोकः भनिन्छ । यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ । ‘पोकः बाट तीनपटकसम्म ‘थ्वँ’ निकाल्न सकिन्छ,’ सोभिताले भनिन्, ‘थ्वँ बनाएपछि बाँकी रहेको अवशेषलाई ‘कः’ भनिन्छ । त्यसैबाट रक्सी बनाइन्छ ।’ कःलाई सख्खर र पानीसँग फिटेर महिनादिन राख्नुपर्छ । सग्लो पानीजस्तो निस्कन्छ । बल्ल रक्सी बनाउने प्रक्रिया सुरु हुन्छ ।

    ‘रक्सी वाष्पीकरण प्रक्रियाबाट बन्छ । यो जति पुरानो भयो त्यति राम्रो मानिन्छ । नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ । जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ । चाडपर्वमा सगुनका रूपमा दिइन्छ । ‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं । यी प्रायः चिल्लो हुन्छ । जाँडरक्सीले चिल्लो काड्छ,’ उनले भनिन्, ‘जाडोमा शरीर न्यानो पनि बनाउँछ ।’  सेताेपाटीबाट

    शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...