• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ७. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ८. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • ९. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • १०. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

संसारकै उत्कृष्ट पेयपदार्थको सूचीमा नेपाली रक्सी ‘नेवाः ऐला’  


  •   शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
  • Advertisement

    काठमाडौं/अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो । नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’ । अर्थात्, रक्सी । उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ ।’

    उनका अनुसार ऐला बनाउनुअघि ‘जाँड’ कसरी बनाइन्छ भन्ने जान्न जरुरी छ । नेवार भाषामा ‘थ्वँ’ भनिने जाँड एक पाथीभन्दा कम चामलको बन्दैन। ताइचिन चामलको चिउराबाट पनि बनाउन सकिन्छ । सुरुआतमा चामललाई दुई घन्टाभन्दा बढी भिजाउनुपर्छ । त्यसपछि ‘फोँसी’ अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ । अघि भिजाइरहेको चामलको पानी तर्काएर निकाल्दै पोटासीः (ममः पकाउनेजस्तै साना प्वाल भएको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ ।

    पाक्न लागेपछि त्यसलाई निकाल्ने । यतिबेलासम्म भात आधा पाकेको हुन्छ । त्यसलाई चिसो पानीले भिजाउनुपर्छ ।यो भातलाई पानी उम्लिरहेको फोँसीमा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ । यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ ।‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ । अर्थात्, बाफमा पकाएको भात,’ सोभिताले भनिन्, ‘हाजालाई केही बेर चिसो बनाउन फिँजाएर राख्नुपर्छ । अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ ।’

    यो भात (हाजा) मा मर्चा (जाँड बनाउन चाहिने सामग्री) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ । त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाजा खन्याइन्छ । त्यसअघि कोँचालाई फोँसीमा उम्लिरहेको तातोपानीले बफ्याउँदा राम्रो हुन्छ । यसो गर्दा जाँड (थ्वँ) ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ। कोँचामा जाँड बनाउन लपेस (पातले बनाएको भोज खाने भाँड) ले छोप्नुपर्छ । करिब चार दिन छोपेर राखेपछि जाँडको बासना बाहिरसम्मै आउँछ । त्यसलाई केही बेर खुल्लै छाडिदिनुपर्छ ।

    यो प्रक्रियाबाट तयार भएकोलाई पोकः भनिन्छ । यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ । ‘पोकः बाट तीनपटकसम्म ‘थ्वँ’ निकाल्न सकिन्छ,’ सोभिताले भनिन्, ‘थ्वँ बनाएपछि बाँकी रहेको अवशेषलाई ‘कः’ भनिन्छ । त्यसैबाट रक्सी बनाइन्छ ।’ कःलाई सख्खर र पानीसँग फिटेर महिनादिन राख्नुपर्छ । सग्लो पानीजस्तो निस्कन्छ । बल्ल रक्सी बनाउने प्रक्रिया सुरु हुन्छ ।

    ‘रक्सी वाष्पीकरण प्रक्रियाबाट बन्छ । यो जति पुरानो भयो त्यति राम्रो मानिन्छ । नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ । जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ । चाडपर्वमा सगुनका रूपमा दिइन्छ । ‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं । यी प्रायः चिल्लो हुन्छ । जाँडरक्सीले चिल्लो काड्छ,’ उनले भनिन्, ‘जाडोमा शरीर न्यानो पनि बनाउँछ ।’  सेताेपाटीबाट

    शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल
    लालमटियामा अनलाइन ठगी र घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...