• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

अाज विजयादशमी, मान्यजनसँग टीका जमरा ग्रहण गरिँदै


  •   शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
  • काठमाडौं : मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी शुक्रबार विजयादशमी मनाइँदैछ।

    दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो।

    Advertisement

    आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ। देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ।

    देवीभागवत पुराणअनुसार त्रेतायुगमा भगवान् रामले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। पहिलेपहिले राजा महाराजाहरू दशमीका दिन देवीको प्रसाद लगाई विजययात्रामा निस्किने चलन रहेको बताइन्छ।

    टीकाको साइत ९:५१ मा

    नेपालमा पञ्चांग निर्णायक समितिले विजयादशमीको टीकाकाे साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेकाे जानकारी दिएको छ। यसअघि  बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निकालिएको समितिका अध्यक्ष प्रा‍डा रामचन्द्र गौतमले जानकारी दिए। ‘साइत खोज्नेका लागि समय दिइएको हो’, उनले भने, ‘विजयादशमीको दिन अाफैँमा साइत भएकाले दिनभर टीका लगाउन सकिन्छ।’

    आश्विन शुक्ल पक्षका १० दिन नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दशैँ र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ। भारतीयले दशमीको दिन विसर्जन गरी घडा नदीमा सेलाउँछन्। नेपाली मूलका धेरैजसो हिन्दुहरूले भने पूर्णिमासम्म टीका प्रसाद लगाउँछन्। काेजाग्रत पूर्णिमाका दिन विसर्जन गर्छन्।

    वैदिकहरूले लगाए बिहीबार नै

    वैदिक कालगणनाका पक्षधरहरूले बिहीबार नै विजयादशमी मनाएका छन्। तिथि अहोरात्रात्मक हुने टुटफुट नहुने भन्दै पञ्चांग निर्णायक समितिको पात्रोले उल्लेख गरेभन्दा एक दिनअघि दशमीको टीका लगाएको गरेको वैदिक विषयका जानकार कृष्णप्रसाद दुवाडीले जानकारी दिए।

    चल्तीका पञ्चांगहरूले असोज २३ गते औँसी लेखेका थिए। औँसी श्राद्ध भने अघिल्लै दिन उल्लेख थियो। २३ गते नै प्रतिपदा लाग्ने भए पनि २४ गते घटस्थापना बताइएको थियो। वैदिक कालगणनाका अनुयायीले २३ गते घटस्थापना गरेका थिए। त्यसैले बिहीबार नै विजयादशमी मनाएको दुवाडीले जानकारी दिए।

    snaptube pc minecraft download pc

    शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation