• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा


  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
  • गुल्मी । करिब तीन दशकदेखि लक्जेम्बर्गीगहझदयगचन मा बसोबास गर्दै नेपाली समुदायको हकहित, सामाजिक एकता र सेवामूलक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी समाजसेवी दुर्गा केसी (थापा) गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२६÷२०२८ कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन् । उनी उक्त पदमा निर्विरोध निर्वाचित हुने पहिलो महिला बनेपछि नेपाली समुदायमा खुशी र गौरवको वातावरण सिर्जना भएको छ ।
    लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति, पहिचान र समुदायलाई एकताबद्ध बनाउने अभियानमा सक्रिय दुर्गा केसी (थापा) प्रवासी नेपालीमाझ एक विश्वासिलो र समर्पित समाजसेवीका रूपमा परिचित छन् । उनले विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय अभियानहरूमा अग्रसर भूमिका निर्वाह गर्दै आएकी छन् ।
    विशेषगरी समस्यामा परेका नेपालीलाई सहयोग, महिला सशक्तीकरण, नयाँ पुस्तामा नेपाली संस्कृतिको संरक्षण तथा सामुदायिक सहकार्यमा उनको योगदान उल्लेखनीय मानिन्छ । दुर्गा केसी (थापा) ले विगतका वर्षहरूमा विभिन्न सामाजिक संस्थामार्फत नेपाली समुदायलाई एकताबद्ध बनाउने प्रयास गर्दै आएकी थिइन् ।
    उनको नेतृत्व क्षमता, सरल व्यवहार र सेवाभावका कारण समुदायमा विशेष सम्मान छ । सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएकी उनले प्रवासमा रहेका नेपालीहरूको समस्या समाधान, अधिकार संरक्षण र आपसी सहकार्यलाई प्राथमिकतामा राख्दै काम गर्दै आएकी छन् ।
    उनको निर्विरोध चयनलाई महिला नेतृत्वको ऐतिहासिक उपलब्धिका रूपमा समेत हेरिएको छ । प्रवासमा बसेर नेपाली महिलाले नेतृत्व तहमा पुग्न सक्ने सन्देश उनले दिएको समुदायका अगुवाहरू बताउँछन् ।
    विशेषगरी महिलाको सहभागिता र नेतृत्व विकासका लागि उनले लामो समयदेखि गर्दै आएको प्रयास अहिले सफलतामा परिणत भएको धेरैको भनाइ छ । अध्यक्षमा निर्वाचित भएपछि दुर्गा केसी (थापा) ले नेपाली समुदायको एकता, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
    उनले प्रवासमा रहेका नेपालीको हकहित, भाषा–संस्कृतिको संरक्षण, नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने अभियान तथा सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको बताएकी छन् । प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, समुदायप्रतिको उत्तरदायित्व र सेवाभावका कारण दुर्गा केसी (थापा) आज धेरै नेपालीका लागि प्रेरणाको पात्र बनेकी छन् ।
    उनको नेतृत्वमा एनआरएनएको आगामी कार्यकाल अझ प्रभावकारी, समावेशी र समुदायमुखी बन्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation