• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास


  •   बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले मतदान केन्द्रको नमूना अभ्यास गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला स्थित सुरक्षा निकार्यको सहकार्यमा सदरमुकाम तम्घासमा आयोजना गरिएको नमूना अभ्यास कार्यक्रममार्फत निर्वाचनका बेला अपनाइने सम्पूर्ण प्रक्रिया र सुरक्षा व्यवस्थालाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो ।
    नमूना अभ्यासमा मतदान स्थलको भौतिक सुरक्षा, मतपत्र व्यवस्थापन, मतदाता प्रवेश सुरक्षाकर्मीको तैनाथी, आकस्मिक घटनामा अपनाइने प्रक्रिया लगायत निर्वाचन अवधिभर अपनाइने सम्पूर्ण अभ्यास समावेश गरिएको थियो । नागरिकलाई बदर मत लगायत मतदाता शिक्षा प्रदान गर्ने उदेश्य स्वरुप नमूना अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताउनुभयो ।
    अभ्यासमार्फत सुरक्षाकर्मीहरूलाई जिम्मेवारीप्रति अझ सचेत र समन्वयात्मक रूपमा परिचालन गर्ने उद्देश्य राखिएको छ । नमूना अभ्यासको क्रममा मतदान स्थलमा शंकास्पद वस्तु फेला परेको कृत्रिम घटना सिर्जना गरिएको थियो ।
    उक्त वस्तुलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको अभ्यास गरिएको थियो । यसले मतदान स्थलमा हुन सक्ने सम्भावित जोखिमको पूर्वतयारी र तत्काल प्रतिक्रिया क्षमतालाई झल्काएको थियो ।
    त्यसैगरी मतदानको क्रममा केही व्यक्तिहरूले धाँधली गर्न खोजेको भन्दै नाराबाजी तथा विवाद सिर्जना भएको कृत्रिम घटना पनि अभ्यासमा समावेश गरिएको थियो । सुरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिड नियन्त्रण गर्ने प्रयास गरेका थिए ।
    तर स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाली सेनाले हस्तक्षेप गरी भिड नियन्त्रण गरेको अभ्यास देखाइएको थियो । यसरी मतदान स्थलमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरूले अपनाउने सम्पूर्ण रणनीति, चरणबद्ध कार्यप्रणाली र अन्तर–सुरक्षा निकायबीचको समन्वयलाई कृत्रिम घटनामार्फत अभ्यास गरिएको थियो ।
    चिदिचौर खेल मैदानमा सम्पन्न नमूना अभ्यासमा रामवाण गुल्मका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय गुल्मी सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीको संयुक्त सहभागितामा नमूना अभ्यास गरिएको थियो । अभ्यासले तीनवटै सुरक्षा निकायबीचको समन्वय र तयारीलाई मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । कार्यक्रमको अवलोकन मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल, निर्वाचन अधिकृत हरिहर पौडेल, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालयका कर्मचारी, तीनवटै सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीयवासीहरूले गरेका थिए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो ।
    उहाँले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधार रहेकाले त्यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यस्ता नमूना अभ्यास अत्यन्त आवश्यक रहेको बताउनुभयो । नमूना अभ्यासले गुल्मीमा प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्ने दिशामा सुरक्षा निकाय र निर्वाचन प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको सन्देश दिएको छ ।
    नमूना अभ्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायाणप्रसाद अधिकारीले निर्वाचन अवधिभर कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन प्रहरी पूर्ण रूपमा सतर्क रहने बताउनुभयो । जनताको मताधिकार सुरक्षित राख्नु प्रमुख दायित्व रहेकालकुनै पनि घटनामा तत्काल प्रतिक्रिया जनाउने गरी प्रहरी परिचालन गरिने बताउनुभयो ।
    जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख निर्वाचन अधिकारी ऋषिराम घिमिरेले नमूना अभ्यासले निर्वाचन प्रक्रियामा संलग्न सबै निकायलाई थप आत्मविश्वासी बनाएको बताउनुभयो । उहाँले मतदान केन्द्रमा के–कस्ता चुनौती आउन सक्छन् भन्ने विषयमा यो अभ्यास निकै उपयोगी भएको बताउनुभयो ।
    नमूना मतदान अभ्यास कार्यक्रममा स्थानीय र निर्वाचन प्रहरीले निकै रोचक तरिकाले अवलोकन गरेका थिए ।

    Advertisement

    बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...