गुल्मी ।गुल्मी क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। तर प्रतिस्पर्धासँगै मानवीय आत्मीयता र राजनीतिक संस्कारको उदाहरण पनि देखिएको छ।
नेकपा एमालेका तर्फबाट उम्मेदवार गोकर्ण बिष्टले आफ्नै प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठका बुवासँग आशिर्वाद लिएका छन्। मनोनयन दर्तापछि बिष्ट रेसुङ्गा नगरपालिका–१ तम्घासस्थित ९४ वर्षीय मथुराप्रसाद श्रेष्ठ र उनकी धर्मपत्नीको निवासमा पुगेर आशिर्वाद लिएका हुन्।
फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिए पनि प्रतिस्पर्धा एकातिर र सम्मान तथा आत्मीयता अर्को पाटो भएको सन्देश यस घटनाले दिएको छ। राजनीतिक मतभेदका बीच पनि पारिवारिक सम्मान र सामाजिक मूल्य जोगिनुपर्ने सन्देश यसले स्पष्ट पारेको छ।
यसैबीच मंगलबार उम्मेदवारी मनोनयनका क्रममा गुल्मीमा प्रमुख दलका उम्मेदवारहरूबीच आपसी शुभकामना आदान–प्रदान र सामूहिक तस्बिर खिच्ने दृश्य देखिएको थियो। उम्मेदवारहरूले मर्यादित र सभ्य प्रतिस्पर्धाबाट देशभर सकारात्मक राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।
चुनावी प्रतिस्पर्धालाई सभ्य, शालीन र आत्मीय बनाउने यस्ता अभ्यासले लोकतान्त्रिक संस्कृतिलाई थप मजबुत बनाउने कार्यकर्ताहरूको भनाइ छ।
प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान
प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान
Advertisement
तपाईको प्रतिक्रिया