• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली


  •   बिहिबार, माघ ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता माथि भएको आक्रमण अहिले पनि जारी रहेको उल्लेख गर्दै न्याय र लोकतान्त्रिक अधिकारका लागि संघर्ष आवश्यक रहेको बताउनुभयो।
    बिहीबार काठमाडौंमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा प्रकाशित जेलभित्रका सङ्घर्ष पुस्तकको लोकार्पण कार्यक्रममा उहाँले जनताले आक्रमणको विरोध गर्दै आफ्नो अधिकार प्राप्त गर्ने बताउनुभयो। ‘आज नेकपा एमाले जनताको प्रतिनिधिका रूपमा उभिएको छ र यसले जनताको अधिकार स्थापित गरेर छाड्नेछ,’ उहाँले स्पष्ट पार्नुभयो।
    अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूले नेपालमा नेपालीको सरकार हुन नदिने उद्देश्य राखेको दाबी गर्दै, एमालेको संघर्षको मुख्य उद्देश्य नेपाली जनताको सरकार स्थापना गर्नु रहेको बताए। उहाँले भन्नुभयो, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा उद्यम क्षेत्रमा आगो लगाउने काम भएको छ।’

    Advertisement

    उहाँले हालको सरकारले जनताको सम्पत्ति लुट्नेहरूलाई संरक्षण गरेको आरोप लगाउँदै रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासमा सरकारले सक्रिय भूमिका खेलेको बताउनुभयाे। ‘आज थिति र विधिको शासन छैन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलंकित र लज्जित भएको छ,’ उहाँले भन्नुभयाे । 

    ओलीले रवि लामिछानेको संगठीत अपराध मुद्दा फिर्ता लिन लागेका महान्यायाधिवक्तालाई प्रश्न गर्दै, ‘जनताको ठगिएको पैसा कसले तिर्छ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ?’ भन्दै प्रश्न गर्नुभयाे । 

    उहाँले एमाले जालसाजीको बाटो होइन, सत्य र न्यायको बाटो हिँड्ने पार्टी भएको र दमनको प्रतिवाद गर्दै सफलता प्राप्त गर्नेमा पार्टी अडिग रहेको दाबी गर्नुभयो। ‘टर्च बालेर खोज्दा पनि एमाले भेटिने छैन भनेर केही मानिस हिँडेका थिए, तर एमाले अजय किल्ला बनेको छ,’ उहाँले भन्नुभयो।
    अध्यक्ष ओलीले एमालेमाथि हमला पटक–पटक भइरहेको स्मरण गराउँदै, पार्टीले जब विकास र राष्ट्रिय महत्वका कार्यक्रम अघि बढाउँछ, त्यही बेलामा एमालेमाथि आक्रमण हुने गरेको बताउनुभयाे। उहाँले एमाले सरकारमा हुँदा थुप्रै विकास योजनाहरू सञ्चालन गरिएको र सरकार हटाएपछि कतिपय योजना अलपत्र परेको जानकारी दिनुभयो।
    उहाँले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा तत्कालीन पञ्चायती शासकले गोली हानी माघे संक्रान्ति मेला हेर्दै गरेका स्थानीयलाई मारिएको घटनाको पनि स्मरण गराउनुभयो। ती व्यक्तिहरूलाई शासक विरोधी भएको आरोप लगाइएको थियो।

    बिहिबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation