• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

निराशा फैलाउने तत्वबाट समाजलाई जोगाउनुपर्छ : भट्टराई


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • भैरहवा — नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईले निराशा फैलाउने तत्वबाट समाजलाई जोगाउनुपर्ने बताएका छन् । अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीले भैरहवामा शनिबार आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकारका सकारात्मक कार्यलाई बुझेर अरुलाई पनि बुझाउन विद्यार्थीलाई आग्रह गरे ।
    ‘अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याएको छ, विकास निर्माणलाई गति दिएको छ, धेरै सकारात्मक काम भएको छ,’ भट्टराईले भने, ‘यो बुझेर अरुलाई पनि बुझाउनुपर्छ, निराशा फैलाउने कामबाट टाढा रहनुपर्छ ।’
    पूर्व अनेरास्ववियु अध्यक्षसमेत रहेका भट्टराईले नेपालमै बस्ने र नेपालमै रमाउने वातावरण बनाउन सरकारको चाहना रहेको बताए । ‘विद्यार्थीहरुले नेपालमै पढ्ने मनोविज्ञान बनाउनुपर्छ,’ उनले भने, ‘अब शैक्षिक क्रान्ति आवश्यक छ, पढिसकेपछि रोजगारी पाउने शिक्षा चाहिन्छ ।’
    उनले प्राविधिक, रोजगारमूलक र वैज्ञानिक शिक्षामा सरकार अघि बढिरहेको भन्दै विदेशमा पढ्न जाने प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे । ‘शैक्षिक परामर्श केन्द्रहरुले अब नेपाली विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, विदेशीलाई नेपालमै पढ्न ल्याउने वातावरण बनाउनुपर्छ,’ उनले भने ।
    कार्यक्रममा अनेरास्ववियु उपमहासचिव कमल जोशीले सम्मानले विद्यार्थीमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले समृद्ध नेपालका लागि नयाँ पुस्ता अनेरास्ववियुमा सक्रिय हुनुपर्ने बताए ।
    रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले विद्यार्थीले देशमै बसेर पढ्ने र देशमै योगदान गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा एमालेका विभिन्न नेता, विद्यार्थी नेता, शैक्षिक परामर्शकर्ता, स्थानीय प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
    सिद्धार्थनगर नगर कमिटी अध्यक्ष केएल पाण्डेको अध्यक्षता तथा नगर कोषाध्यक्ष कमल घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा ७ सय बढी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीले जानकारी दिए।

    Advertisement

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation