• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • मसुरिया। दाङको राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रमा बढ्दो फोहोरजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। शुक्रबार सम्पन्न फोहोरमैला व्यवस्थापन तथा सरसफाइसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको हो।
    गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पहिलो चरणमा एक महिनासम्म सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ। त्यसपछि पनि सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने कार्य यथावत् रहेमा सरसफाइ ऐनअनुसार कानुनी कारबाही गरिनेछ। “राजमार्ग क्षेत्रमा फोहोर फैलिनु पालिकाको छवि बिगार्ने कार्य हो। सरसफाइको सवालमा कुनै सम्झौता गरिँदैन,” अध्यक्ष विष्टले भने।
    उहाँले सरसफाइ अभियानलाई प्रवर्द्धन गर्न ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’ समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उहाँले सहभागीहरूले प्रस्तुत गरेका सुझावलाई यथासम्भव कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।
    अन्तरक्रियामा इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, विभिन्न टोल विकास संस्था, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, खानेपानी तथा उपभोक्ता संस्थाका प्रतिनिधिहरूले राजमार्गसँगै भित्री गाउँ र टोलहरूमा पनि सरसफाइ अभियान विस्तार गर्न, डस्टबिनको व्यवस्था मिलाउन तथा फोहोर फाल्नेहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने सुझाव प्रस्तुत गरे। उनीहरूले अभियानलाई प्रभावकारी बनाउन संस्थागत समन्वय र सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिए।
    गाउँपालिकाले सरसफाइलाई उच्च प्राथमिकतामा राख्दै बस्ती स्तरमा फोहोर वर्गीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। सरसफाइ शाखा प्रमुख गीता चौधरी र वातावरणविद् मुमाराम भुसालले हालसम्म सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण सरसफाइ सुपरिवेक्षक सुरेश बैमा मगरले गर्नुभएको थियो।
    गाउँपालिकाले प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन गर्दै ‘सरसफाइ केन्द्र’ समेत स्थापना गरिसकेको छ।

    Advertisement

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation