• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • मसुरिया। दाङको राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रमा बढ्दो फोहोरजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। शुक्रबार सम्पन्न फोहोरमैला व्यवस्थापन तथा सरसफाइसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको हो।
    गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पहिलो चरणमा एक महिनासम्म सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ। त्यसपछि पनि सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने कार्य यथावत् रहेमा सरसफाइ ऐनअनुसार कानुनी कारबाही गरिनेछ। “राजमार्ग क्षेत्रमा फोहोर फैलिनु पालिकाको छवि बिगार्ने कार्य हो। सरसफाइको सवालमा कुनै सम्झौता गरिँदैन,” अध्यक्ष विष्टले भने।
    उहाँले सरसफाइ अभियानलाई प्रवर्द्धन गर्न ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’ समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उहाँले सहभागीहरूले प्रस्तुत गरेका सुझावलाई यथासम्भव कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।
    अन्तरक्रियामा इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, विभिन्न टोल विकास संस्था, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, खानेपानी तथा उपभोक्ता संस्थाका प्रतिनिधिहरूले राजमार्गसँगै भित्री गाउँ र टोलहरूमा पनि सरसफाइ अभियान विस्तार गर्न, डस्टबिनको व्यवस्था मिलाउन तथा फोहोर फाल्नेहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने सुझाव प्रस्तुत गरे। उनीहरूले अभियानलाई प्रभावकारी बनाउन संस्थागत समन्वय र सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिए।
    गाउँपालिकाले सरसफाइलाई उच्च प्राथमिकतामा राख्दै बस्ती स्तरमा फोहोर वर्गीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। सरसफाइ शाखा प्रमुख गीता चौधरी र वातावरणविद् मुमाराम भुसालले हालसम्म सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण सरसफाइ सुपरिवेक्षक सुरेश बैमा मगरले गर्नुभएको थियो।
    गाउँपालिकाले प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन गर्दै ‘सरसफाइ केन्द्र’ समेत स्थापना गरिसकेको छ।

    Advertisement

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation