दाङ — नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने मुख्य मागसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार पार्टीका प्रदेश अध्यक्ष शोमप्रसाद पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा लुम्बिनी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गरी औद्योगिकीकरणमार्फत अर्थतन्त्र सुदृढ गर्ने, बुद्ध जन्मस्थल लुम्बिनीको विशेष प्रवर्द्धन गर्ने, खानी तथा खनिज स्रोत व्यवस्थापन गर्ने, धार्मिक क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धन गर्नेजस्ता छवटा प्रमुख माग उल्लेख छन्।
मुख्यमन्त्री आचार्यले कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तयारी भइरहेको जानकारी दिनुभयो।
एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र
एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

Advertisement
तपाईको प्रतिक्रिया