• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

बुटवलको जागरण सभामा एमालेले ५० हजार जनता उतार्ने


  •   मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
  • रुपन्देही । नेकपा (एमाले)ले चैत २९ गते शुक्रबार बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा ५० हजार जनता उतार्ने दावी गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बुटवल मण्डपभित्र गरिने भएको छ ।
    एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जागरण सभामा केन्द्रित गरिएको जानकारी दिए। “जनता अझै पनि एमालेको पक्षमा छन्, एमाले नेतृत्वको सरकारले गरेका कामलाई बुझेका छन्, २९ गतेको जनसभाले पनि यसको सन्देश दिने छ”–उनले भने ।
    उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । उनले भने, “लोकतन्त्र, विधिको शासन र कानुनी राजको पक्षमा नेकपा ९एमाले० दृढतापूर्वक उभिन्छ। कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश हो ।”
    मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको उनले बताए । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको दाबी छ ।
    एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनसभा सफल पार्न प्रचार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको बताए । “एमालेले लिएको नीति, कार्यक्रम र योजना राम्रा हुँदाहुँदै पनि नागरिकमा योजनावद्ध भ्रम फैलाएर पार्टीलाई कमजोर पार्न सकिन्छ कि भनेर केही स्वार्थ समूह लागेका छन्, यसविरुद्ध पनि जनसभाले सन्देश दिने छ”–उनले भने ।
    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले नागरिकमा नकारात्मक भ्रम फैलाएर स्वार्थको रोटी सेक्ने कोशिष भैरहेको भन्दै यसलाई चिर्न र पछिल्ला दिनमा लोकतन्त्रविरोधी गतिविधि हुन थालेको भन्दै त्यसका विरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए । “सरकारले थुप्रै राम्रा कामहरु गर्दा पनि केही भएन भनेर भाष्य स्थापित गर्न खोजिएको र सामाजिक सञ्जालमा दलहरुप्रति नै वितृष्णा फैलाउने गरी सुनियोजित प्रचार भैरहेको भन्दै यसलाई चिर्न पनि जनसभा आयोजना गरिएको हो”–उनले भने ।
    अध्यक्ष गैरेले भने, “चैत २९ गतेको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ । यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर जनतालाई जागरण गर्ने कार्यक्रम हो ।”
    उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए । उनले भने, “त्यसका लागि रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।”
    एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्कीका अनुसार बुटवल मण्डपमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । जनसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्ने पनि उनले बताए ।
    जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे । जनसभाको आवश्यक तयारी तथा जनपरिचालनका लागि एमाले रुपन्देहीले जिल्ला सचिव चित्रबहादुर कार्कीको संयोजकत्वमा जनपरिचालन कमिटी बनाएको छ।

    Advertisement

    मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation