प्युठान। प्रतिनिधि सभा सदस्य सूर्य थापाले लुम्बिनी प्रदेशकै महत्वपूर्ण तथा राष्ट्रिय गौरवको सम्भावना बोकेको नौमुरे बहुउद्देश्यीय परियोजनाको कार्यालय प्युठानको बाङ्गेसाल–झिलीबाङमा स्थापना गर्न माग गरेका छन्।
सांसद थापाले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै परियोजना सञ्चालन क्षेत्र नजिकै कार्यालय राख्नुपर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। साथै, उनले दरभान–झिलीबाङ पहुँचमार्गको स्तरोन्नति तथा कालोपत्रे गर्न र झिलीबाङ–लामाताल पक्की पुलको शीघ्र निर्माण सम्पन्न गर्न पनि आग्रह गरेका छन्।
सांसद थापाले नौमुरे जलविद्युत आयोजनाको निर्माण कार्य यथाशीघ्र अघि बढाउन सरकारलाई सचेत गराएका छन्। यदि परियोजनाको कार्यालय सम्बन्धित स्थानमै राखिएमा स्थानीय विकासमा गति आउने र आयोजनाको कार्यान्वयन प्रभावकारी हुने तर्क उनको छ।आयोजनाको कार्यालय हाल अर्घाखाँचीको सितगंगा नगरपालिका–७, तामातालमा रहेको छ।
नौमुरे परियोजनाको कार्यालय प्युठान सार्न सूर्य थापाको माग
नौमुरे परियोजनाको कार्यालय प्युठान सार्न सूर्य थापाको माग

Advertisement
तपाईको प्रतिक्रिया