• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

छत्रकोटमा जिपलाइन चढनेहरुको चहलपहल बढ्यो


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको जिपलाइन चढ्नेहरुको चहलपहल बढने गरेको छ । जिपलाइन सञ्चालनमा आएको केहि महिनामै त्यहाँ पुग्ने आन्तिरिक तथा बाह्य पर्यटहकहरुको चहलपहल बढने गरेको छ ।
    गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिर देखि अर्को भगवती मन्दिर–लुम्छा सम्म पुग्ने गरि निर्माण भएको जिपलाइनको गएको पुस महिनाबाट जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा आएको करिव २ महिनाको अवधीमा ८ सय ३६ जनाले साहसीक खेल जिपलाइन चढेका छन् । जसबाट ३ लाख ८२ हजार ९५० राजस्व संकलन भएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले बताए । पछिल्लो समय छत्रकोट देवालय मन्दिर परिसरमा जिपलाइन चढन आउनेको संख्य बृद्धिभएसँगै चहलपहल पनि बढने गरेको उनले बताए । जिपलाइन चढनको लागि गाउँपालिका वासीहरुको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरुको लागि ३ सय रुपैया, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैया र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैया शुल्क निर्धारण गरिएको छ । पालिकाले पर्यटकीय गनतव्य बनाउने उदेश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको छ । गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गनतव्य निर्माण र सञ्चालन गर्ने कार्यलाई तिब्र अगाडी बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
    पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तिरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको छ । १ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ । जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशन देखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधित्तम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको छ । जिपलाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको थियो ।
    छत्रकोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गनतव्य बन्ने पालिकाले लक्ष्य लिएको छ । जिपलाइन निर्माण स्थल रिडी–तम्घास राजमार्गको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गनतव्य बन्ने आशा पालिकाले लिएको छ ।

    Advertisement

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation