• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एमाले लुम्बिनी प्रदेश सदस्यमा २९ जना मनोनित (सूचिसहित)


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • रूपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ ।
    बाँकेको नेपालगन्जमा सम्पन्न दुई दिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्र्तगत तीन महिले अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा छवटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । बैठकमा पार्टीका सबै जिल्ला तथा पालिकास्तरमा प्रचार डेस्क स्थापना गर्ने र कार्यकर्तालाई विभिन्न क्षेत्रमा सेवा प्रवाहका लागि विशेषज्ञ डेस्क बनाउने निर्णय गर्नुका साथै, स्थानीय तहबाटै विकास आयोजना छनोट गर्ने विधि निर्माण गरी पार्टीका इन्चार्जहरू नागरिकका समस्यासँग प्रत्यक्ष जोडिने नीति अख्तियार गरिएको जनाइएको छ । त्यसैगरी भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, गरिब नागरिकका लागि आधारभूत घर निर्माण गर्ने अभियान अघि बढाउने, विकासका कामहरूलाई प्रभावकारी प्रचार गर्ने तथा प्रत्येक विकासे संस्थाले गरेको कार्यको श्वेतपत्र जारी गर्ने व्यवस्था मिलाउने कुरामा बैठकले जोड दिएको छ ।
    सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक उपाय अपनाइने तथा संगठन निर्माणलाई अझ प्रभावकारी बनाइने निर्णय गरिएको छ।
    बैठकमा पार्टी केन्द्रीय सचिव प्रदेश इन्चार्ज पद्यमा अर्यालले अहिले सामाजिक अराजकताले चुनौती सिर्जना गरेको भन्दै योजनावद्ध आक्रमणको सामना गर्न सबै कार्यकर्ता दृढ भएर लाग्नुपर्ने बताइन्। पार्टी निर्माण भावनात्मक रूपमा नभई एजेन्डामा आधारित भएर गर्नुपर्ने उनको भनाइ थियो।
    पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीले २५ वर्षभित्र नेपाललाई समृद्ध बनाउने तथा एमालेलाई राष्ट्रिय शक्ति बनाउने संकल्प लिएको बताए। पार्टीलाई सशक्त बनाउन पुराना कार्यकर्ताको सम्मान गर्दै संगठन निर्माण गर्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने, र वडास्तरमा जनसेवा केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने धारणा उनले राखे।
    प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारलाई मात्र दोष लगाउने प्रवृत्ति त्यागेर काम गर्ने संस्कृति विकास गर्नुपर्ने बताए। वार्षिक योजनासँगै त्रैमासिक तथा चौमासिक समीक्षाको आवश्यकतामा उनले जोड दिए। संगठन विस्तारका क्रममा प्रभावशाली युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्ने उनको सुझाव थियो।
    बैठकले विभिन्न जिल्लाबाट नयाँ प्रदेश सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।
    २९ जना सदस्यमा मनोनित
    नयाँ प्रदेश सदस्यहरूमा दाङबाट कृष्ण भुषाल, गोविन्द आचार्य, रामप्रसाद गैरे, वृहस्पति श्रेष्ठ, रोल्पाबाट गंगाराम बुढा, रूपन्देहीबाट जोगलाल विक, युवराज घिमिरे, मधुकला कुँवर, अब्दुल रहमान, कपिलवस्तुबाट विश्राम चौधरी, लंक हमाल, भगवानदास चौधरी, अब्दुल रहमान खान, बर्दियाबाट टिका सम्सेली, रामसोहन चौधरी, बाँकेबाट भुमिसरा धिताल, रामकुमार दिक्षित, प्युठानबाट धनबहादुर रायमाझी, तुलसी शर्मा, पुरन गुरुङ, रुकुमपूर्वबाट भावना बुढाथोकी अर्घाखाँचीबाट इश्वरा पोखरेल, सरोज भुसाल, सिद्दि भुसाल, गुल्मीबाट सावित्रा आचार्य, चेतन बस्नेत, चिन्तामणि पाण्डेय, पाल्पाबाट नारायण जिसी, नारायण आचार्य मनोनित भएका छन् ।

    Advertisement

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation