• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

एमाले लुम्बिनी प्रदेश सदस्यमा २९ जना मनोनित (सूचिसहित)


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • रूपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ ।
    बाँकेको नेपालगन्जमा सम्पन्न दुई दिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्र्तगत तीन महिले अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा छवटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । बैठकमा पार्टीका सबै जिल्ला तथा पालिकास्तरमा प्रचार डेस्क स्थापना गर्ने र कार्यकर्तालाई विभिन्न क्षेत्रमा सेवा प्रवाहका लागि विशेषज्ञ डेस्क बनाउने निर्णय गर्नुका साथै, स्थानीय तहबाटै विकास आयोजना छनोट गर्ने विधि निर्माण गरी पार्टीका इन्चार्जहरू नागरिकका समस्यासँग प्रत्यक्ष जोडिने नीति अख्तियार गरिएको जनाइएको छ । त्यसैगरी भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, गरिब नागरिकका लागि आधारभूत घर निर्माण गर्ने अभियान अघि बढाउने, विकासका कामहरूलाई प्रभावकारी प्रचार गर्ने तथा प्रत्येक विकासे संस्थाले गरेको कार्यको श्वेतपत्र जारी गर्ने व्यवस्था मिलाउने कुरामा बैठकले जोड दिएको छ ।
    सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक उपाय अपनाइने तथा संगठन निर्माणलाई अझ प्रभावकारी बनाइने निर्णय गरिएको छ।
    बैठकमा पार्टी केन्द्रीय सचिव प्रदेश इन्चार्ज पद्यमा अर्यालले अहिले सामाजिक अराजकताले चुनौती सिर्जना गरेको भन्दै योजनावद्ध आक्रमणको सामना गर्न सबै कार्यकर्ता दृढ भएर लाग्नुपर्ने बताइन्। पार्टी निर्माण भावनात्मक रूपमा नभई एजेन्डामा आधारित भएर गर्नुपर्ने उनको भनाइ थियो।
    पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीले २५ वर्षभित्र नेपाललाई समृद्ध बनाउने तथा एमालेलाई राष्ट्रिय शक्ति बनाउने संकल्प लिएको बताए। पार्टीलाई सशक्त बनाउन पुराना कार्यकर्ताको सम्मान गर्दै संगठन निर्माण गर्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने, र वडास्तरमा जनसेवा केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने धारणा उनले राखे।
    प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारलाई मात्र दोष लगाउने प्रवृत्ति त्यागेर काम गर्ने संस्कृति विकास गर्नुपर्ने बताए। वार्षिक योजनासँगै त्रैमासिक तथा चौमासिक समीक्षाको आवश्यकतामा उनले जोड दिए। संगठन विस्तारका क्रममा प्रभावशाली युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्ने उनको सुझाव थियो।
    बैठकले विभिन्न जिल्लाबाट नयाँ प्रदेश सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।
    २९ जना सदस्यमा मनोनित
    नयाँ प्रदेश सदस्यहरूमा दाङबाट कृष्ण भुषाल, गोविन्द आचार्य, रामप्रसाद गैरे, वृहस्पति श्रेष्ठ, रोल्पाबाट गंगाराम बुढा, रूपन्देहीबाट जोगलाल विक, युवराज घिमिरे, मधुकला कुँवर, अब्दुल रहमान, कपिलवस्तुबाट विश्राम चौधरी, लंक हमाल, भगवानदास चौधरी, अब्दुल रहमान खान, बर्दियाबाट टिका सम्सेली, रामसोहन चौधरी, बाँकेबाट भुमिसरा धिताल, रामकुमार दिक्षित, प्युठानबाट धनबहादुर रायमाझी, तुलसी शर्मा, पुरन गुरुङ, रुकुमपूर्वबाट भावना बुढाथोकी अर्घाखाँचीबाट इश्वरा पोखरेल, सरोज भुसाल, सिद्दि भुसाल, गुल्मीबाट सावित्रा आचार्य, चेतन बस्नेत, चिन्तामणि पाण्डेय, पाल्पाबाट नारायण जिसी, नारायण आचार्य मनोनित भएका छन् ।

    Advertisement

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
    तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation