• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीे सिमीचौरका महिलाले चलाएको कृषि सहकारी अब्बल बन्दै


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सिमीचौरमा गाउँका महिलाहरु मिलेर कृषि सहकारी सञ्चालन गरेका छन् । गाउँमा विभिन्न कृषि पेसा गर्दै आएका महिलाहरुले थोरै थोरै रकम वचत गरेर सिमीचौर साना किसान सहकारी संस्था सञ्चालनमा ल्याएका हुन् ।
    ०७५ सालमा रेसुङ्गा नगरपालिकाका वडानम्बर–१० र ११ का महिलाहरुलाई समेटेर स्थापना गरिएको सहकारीले छैठौं वार्षिकउत्सव मनाएको छ । यस अवधीमा सहरकारी विभिन्न कृषि गर्ने महिलाहरुका लागि वचत तथा लगानी समेत गरेको छ ।
    सहकारीमा शेयरपुजी २५ लाख ५७ हजार ८ सय रहेको छ । संस्थामा निक्षेप १ करोड ५२ लाख ४७ हजार ८ सय २५ रुपैयाँ रहेको छ । संस्थाले १६ लाख २८ हजार ६ सय ६ रुपैयाँ आम्दानी गरेको गरेको छ । सहरकारीले २ करोड ९७ लाख ४० हजार ९१० रुपैया लगानी गरेको छ । संस्थाले पशुपालन खसी, बोक, बाख्रा, भैसी २ करोड ३६ लाख ८८ हजार १०३ रुपैयाँ, कृषि तरकारी खाद्यान्न ४९ लाख ६६ हजार २९९ रुपैयाँ र व्यापार व्यवसाय तर्फ १० लाख ८६ हजार ८०५ रुपैयाँ गरेको छ । पछिल्लो समयमा देशमा केही सहकारीहरुले रकम अवचलन गरि नागरिकहरुमा नकारात्मक सन्देश प्रबाह गर्दै गरेको अबस्थामा सिमीचौर साना किसान कृषि सहकारी संस्थाले भने स्थानीय स्तरमा उत्कृष्ट काम गरि जिल्लामा एउटा अब्बल संस्थाको रुपमा स्थापित बनेको छ ।
    सहकारीमा जम्मा गरेको थोरै थोरै रकमले बिरामी भएर अशक्त हुँदा होस व्यावयाय गर्नका लागि उद्यम कर्ममा लागेका उद्यमी कृषकहरुका लागि साना किसान सहकारी यतिबेला धेरैको सारथी बनेको छ । सिमीचौर साना किसान सहकारी संस्थामा यतिबेला ६ सय ३९ जना सेयर सदश्यहरु रहेका छन । संस्थामा आबद्ध बनेका सेयर महिलाहरुले मात्रै सञ्चालन गरेका छन् । जसमा शेयर सदस्यदेखि व्यवस्थापक सबै महिलाहरु मिलेर सहकारी सञ्चालन गर्दै आएका छन् ।
    संस्थाले उद्यम गर्ने आफ्ना सेयर सदश्यहरुलाई एक लाख रुपैंयासम्म बिनाधितो र धितो राखेर १० लाखसम्म ऋण प्रबाह गर्दै आएको सिमीचौर साना किसान सहकारी संस्थाका अध्यक्ष यसोदा अर्यालले जानकारी दिनु भएको छ । गाउँमा केही गर्छु भनेर कृषि तथा उद्योग व्यवसाय सञ्चालन गर्नेहरुलाई बैंकमा धाएर महँगो ब्याजमा रिण काढेर ल्याउनु भन्दा आफै सहकारीमा पुगेर सस्तो ब्याजदरमा रिण लिएर व्यवसाय सञ्चालन गर्दै आएको अर्यालले बताउनु भयो ।
    गाउँका मानिसहरुलाई यतिबेला आफुलाई केही काम गर्नका लागि पैसाको अभावमा कसैको मुख ताक्नु पर्दैन । आफुले व्यवसाय गर्ने स्पष्ट आधार र प्रतिबद्धताका आधारमा संस्थाले सदश्यहरुलाई एक लाख रुपैंयासम्म बिनाधितो रिण उपलब्ध गराउँदै आएको छ ।
    त्यत्ति मात्र हैन सिमीचौर साना किसान सहकारी संस्थाले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा समेत सहयोग पुराउँदै आएको संस्थाका अध्यक्ष अर्यालले बताउनु भयो । संस्थाको छैठौंैं साधारण सभामा अति अशक्त, जेष्ठ नागरिक, उत्कृष्ट कृषक, उत्कृष्ट बचत, उत्कृष्ट समूह, मरणोप्रान्त एवं कक्षा, ८ एसइईमा र पसलटु मा उत्कृष्ट अङ्क ल्याउने सेयर सदश्यका वालवालीकाहरुलाई समेत नगद रकम सहित सम्मान गरेको छ ।
    संस्थाको साधारणसभामा सहकारीका सल्लाहकार पदमप्रसाद अर्याल, साना किसान सहकारी संस्था वडागाउँका अध्यक्ष हरि छन्त्याल, विद्यालयका प्राधानाध्यापक लगायतले सहकारी संस्थाको बारेमा प्रसंसा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले सहकारीले कृषि गर्नेहरुका लागि राम्रो कार्य गर्दै आएको बताइन ।
    महिलाहरुले मात्रै सञ्चालन गर्दै आएको सहकारी गाउँमा धेरै राम्रा काम गर्दै आएको उनले बताइन । पछिल्लो समय सहकारी प्रति विश्वास घटदै आएको समयमा गाउँमा महिलाहरुले सञ्चालन गरेका सहकारी अब्बल बन्दै गएको उपप्रमुख कुँवरले बताइन ।
    स्थानीय स्तरमा रहेर पनि लामो समयदेखि उत्कृष्ट काम गरेर जिल्लामा नमूना सहकारी सस्थाको रुपमा स्थापित हुने होडमा रहेको छ । साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष अर्यालले संस्थाको वार्षिक प्रगती तथा आगामी रणनीतिको बारेमा जानकारी गराएकी थिइन ।
    संस्थाका लेखा समिति संयोजक राधिका बस्नेतले लेखा सम्बन्धीत विभिन्न जानकारी प्रस्तुत गरेकी थिइन ।

    Advertisement

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...