रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ४ सय ३० परिवारले लालपुर्जा पाएका छन ।
नापी कार्यालय रुपन्देहीको आयोजनामा वडा भित्रका ४ सय ३० जना जग्गा धनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको नापी प्रमुख सुग्रिव यादवले जानकारी दिए । उनका अनुसार तिलोत्तमा- १३ मा पुन नापिबाट तयार गरिएका जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यस पटक छुटेका जग्गा धनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न आग्रह गरे ।
लालपुर्जा पाएपछि स्थानीयले खुसी ब्याक्त गरेका छन। उनीहरुले लाजपुर्जा पाउन बाँकी सबैलाई प्रक्रिया पुर्याएर छिट्टै पुर्जा प्रदान गर्न आग्रह पनि गरे।
Advertisement