काठमाडौँ। एमालेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ। निरन्तर रुपमा पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै बाँके जिल्ला कमिटिले सांसद चौधरीलाई निलम्बन गरेको हो।
उनले अध्यक्ष केपी शर्मा ओली, महासचिवलगायतका नेता कार्यकर्ताको मानहानी गरेको सार्वजनिक रुपमा पार्टीका विरुद्ध लागेको भन्दै जिल्ला अध्यक्ष निरक गुरुङले कारबाही गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेको चाैधरी बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । चाैधरी माओवादी पृष्ठभूमिबाट एमाले आएका नेता हुन् ।
Advertisement