प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४१ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार बसेको १५ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९९ रुपियाँ बराबरको बजेट पेश गरेका हुन । साथै विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, चालु आर्थिक वर्षको अनुगमन प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। बजेटमा गुणस्तरिय शिक्षा,स्वास्थ्य सेवा लगाएतका बिषयलाई समेटिएको छ । यसअघि बसेको ठाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
Advertisement