प्युठान। गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड २० लाख ९७ हजार रुपैयाँ बराबरको आय तथा व्ययसहितको बजेट ल्याएको छ ।
सोमबार गाउँपालिकाको १७ औँ गाउँसभाको दोश्रो वैठकमा उपाध्यक्ष महावीर रानाले आगामी आर्थिक वर्षका लागि पुजिगत तर्फ ८ करोड ९१ लाख ११ हजार र चालू तर्फ ३७ करोड २९ लाख ८६ हजार रुपिया सहित कुल ४६ करोड २० लाख ९७ हजार रुपियाको बजेट प्रस्तुत गरेका हुन। उनले समग्र गाउपालिकाको विकासका लागि आर्थिक, पूर्वाधार, सामाजिक, वन तथा वातावरण, विपद् व्यस्थापन, शिक्षा,स्वास्थ्य, संस्थागत सुशासनलगायतका विषयलाई बजेटले समेटेको बताए । उनले बजेटमार्फत सूचना प्रविधि, लैगिंक हिंसा न्यूनीकरण,पर्यटन बिकास र मौलिक संस्कृतिको संरक्षण सम्बर्द्धनलाई पनि जोड दिएका छन् । पालिकालाई बालश्रममुक्त,बालबिबाह मुक्त ,घरेलु हिंसा मुक्त,छवाछूत मुक्त अपाङ्रमैत्री र लैड्ीकमैत्री समाज निर्माण गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्न बजेट बिनियोजन गरेको छ।
यस्तै, दलित युवाहरुलाई सीपमुलक तालिम,अन्तरजातिय बिबाह गर्ने जोडीलाई सम्मान,जेष्ठ नागरिक दिवासेवा कार्यक्रम,अपाङ्गिता भएका व्यक्तिहरुको सीप विकास एवं सशक्तीकरण जस्ता कार्यक्रमहरु संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छ।
गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले गाउसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
गौमुखी गाउँपालिकाको बजेट ४६ करोड
गौमुखी गाउँपालिकाको बजेट ४६ करोड
Advertisement
तपाईको प्रतिक्रिया