• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

मुद्रण उद्योग संघ कास्कीले ग¥यो कामदारको निःशुल्क विमा


  •   बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
  • पोखरा । मुद्रण उद्योग संघ कास्कीले आज एक कार्यक्रमका विच मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क विमा गराएको छ।
    मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा निकालिएका नयाँ वर्ष २०८१ को वार्षिक टेवल क्यालेण्डर नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद तिवारीले सार्वजनिक गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
    कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मुल्य र दररेट नतोक्दा पनि व्यवसायीहरु आफैमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धरासयमा पुगेको बताए । “हामी हाम्रो उत्पादनको मुल्य आफै तोक्छौ, राज्य नै कुनै अंकुश लगाएको छैन तरपनि व्यवसाय सफल बन्न सकेको छैन र दुःखी बन्छौ । कारण हामी उचित मुल्य लिन सकेका छैनौ । हामी र हाम्रो व्यवसायलाई सफल बनाउन मुल्यमा प्रतिस्पर्धा होइन स्तरीय काममा ध्यान दिनुपर्छ र हामी बिचको हार्दिकतालाई अलि व्यापक बनाऔं ।” उनले भने ।
    राज्यका विभिन्न निकायहरुले मुद्रण व्यवसायीहरुको घाटी थिच्ने काम गरेको आरोप लगाएका छन् । उनले राज्यका विभिन्न निकायले काम नदिने र जिटुजीको माध्यमबाट जाने गर्दा प्रत्यक्ष व्यवसायीहरु मारमा परेको बताए । उनले कुनैपनि हालतमा अब मुद्रण उद्योग महासंघ चुप लागेर नबस्ने जानकारी गराए ।
    अध्यक्ष तिवारीले जनक शिक्षाले राज्यबाट अरवौं रकम अनुदान लिए पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । “जन शिक्षाले हरेक वर्ष अरवौं रुपैयाँ अनुदान लिन्छ, सरकारी जमिनमा आवास र व्यवसाय सञ्चालन गरेको छ । सरकारबाटै तलब भत्ता खुवाउछ र घाटामा गयो भन्छ । पहिलो चोटी होला अघिल्लो वर्ष ५० करोड जति नाफा भयो भनेर प्रतिवेदन बुझाएको जानकारी आएको थियो ।” उनले भने, व्यवसायीको दुश्मन राज्य बन्न खोजेको भन्दै राज्यले किताब, लेटर प्याड छापेर प्राइभेट व्यवसायीहरुलाई पलायन बनाउन खोज्यो । राज्यले सेक्युरिटी प्रेस सञ्चालन गर्ने हो, खुद्रा काम गर्ने होइन उनले भने ।
    मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र कास्की जिल्लाले साधारण सभा अधिवेशन, विविध कार्यक्रम नियमित हुने गरेको र नयाँ–नयाँ कार्यक्रमको अभियान ल्याउनेमा अगुवाई गर्दै आएको जानकारी पाउँदा आफु खुसी रहेको बताउँदै केन्द्रीय अध्यक्ष तिवारीले प्रशंसा गरेका थिए ।
    त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले विमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
    प्रमुख शिव पौड्यालले विमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजार को लाभ लिन सकिने जानकारी गराए ।
    उनले कार्यक्रममा बोल्दै विमा गर्नु खर्च नभई लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बिमा रहेको बताउदै उनले मानिसको अत्यावश्यक चिजहरु मध्ये विमा पनि एक भएको उल्लेख गरे । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपाङ्ग हुँदा वा विरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भएपनि मलम लगाउने काम विमाले गर्ने बताए ।
    मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणी बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरु भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्युनिकरणको लागि विमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको विमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरुको निःशुल्क विमा गराइने बताए ।
    अध्यक्ष बास्तोलाका अनुसार बिमाको लागतमा ५० प्रतिशत व्यवसायीक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन विमा गरिएको बताए ।
    कार्यक्रममा मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष बसन्त बास्तोलाले स्वागत मन्तव्य, नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान उपाध्यक्ष पदम लाल श्रेष्ठले शुभकामना मन्तव्य र कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन विमाकोे अनुभावका बारेमा जानकारी गराइएकी थिइन् । भने दुर्घटना विमा संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका बरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले विमा सम्झौता पढेर सबैलाई सुनाएका थिए ।

    Advertisement

    बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation