काठमाडौं। नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुख देवराज घिमिरेले एमाले सांसद सुहाङलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
सभामुख देवराज घिमिरेले शपथपछि सुहाङलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका थिए । सुहाङ १५ वैशाखमा भएको इलाम(२ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
Advertisement