प्युठान । नेकपा एमाले प्युठानको दश औं जिल्ला अधिवेशन आगामी जेठको २० र २१ गते हुने भएको छ।
प्रतिनिधीसभा सदस्य एवं एमाले पोलिटव्युरो सदस्य सूर्य थापाको प्रमुख आतिथ्यता र अध्यक्ष बिजयबिराज बिस्टको अध्यक्षतामा आईतबार सम्पन्न जिल्ला कमिटीको एघारौं बैठकले आगामी जेठ २० र २१ गते अधिबेशन गर्ने निर्णय गरेको हो।
बैठकले जेठ १० गतेसम्म प्रतिनीधि चयनको मिती तोकेको र बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति गठन गरेको छ । जिल्ला अधिबेशन सम्पन्न गर्नका लागि बैठकले नेताहरुको कार्य बिभाजन समेत गरेको छ। अधिबेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुने छन।
Advertisement