• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

गुल्मीमा आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासको चिदीचौरमा आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरीले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरेको हो ।
     गर्मी र सुख्खा सिजन सुरु भएसँगै आगोलागीबाट वर्षेनी हुने जनधनको क्षतीसँगै वन वातावरणको संरक्षण गर्ने उदेश्यले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । आगोलागीका घटना हुँदा नियन्त्रण, खोज उद्धार तथा प्रथामिक उपचारमा कसरी व्यवस्थापन गनेए भन्ने विषयमा नमूना अभ्यास गरिएको थियो ।
    कृत्रिम अभ्यासका माध्यमबाट जनचेतना फैलाउने उदेश्यले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले वर्षेनी सुरक्षाकर्मीको सहयोगमा दैविक प्रकोप नियन्त्रण समबन्धी नमूना अभ्यास गर्ने गरेको छ ।
        रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ मा गरिएको नमूना अभ्यासमा तम्घासको चिदीचौरमा केहि घरहरु बनाएर आगोलागी भएको घटना बनाइएको थियो । घटनामा आगो निभाउने क्रममा केहि घाइते भएको र घरहरु जलेको दृश्य बनाइएको थियो । घटनामा घाइतेहरुलाई उद्धार र घरमा लागेको आगो नियन्त्रणमा ल्याउने बारे नमूना अभ्यास गरिएको हो ।
        नमूना अभ्यासमा सुरक्षाकर्मीले घाइतेको उद्धार र आगो नियन्त्रणमा ल्याएको अभ्यास गरेका थिए । त्यस्तै घरमा रहेका ग्यास शिलिण्डरहरुबाट लाग्ने आगोलागी बारेमा पनि नमूना अभ्यास गरिएको थियो ।
       ग्यास शिलिण्डरबाट लागेको आगो कसरी निभाउन सकिन्छ भन्ने बारेमा पनि सुरक्षाकर्मीले नमूना अभ्यास गरेका थिए । नमूना अभ्यास कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।
       यसवर्ष हिउँदको समयमा वर्षात पनि कम भएकाले वनडढेलो वढने प्रवल सम्भावना रहेको छ । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्नाले करोडौं मुल्यको क्षती हुँदै आएको छ ।
        वनमा लागेकोे डढेलो वस्तीमा पुग्दा वर्षेनी जनधन को क्षती हुने गरेको छ । गुल्मी जिल्लामा ४६ हजार ९८ हेक्टर क्षेत्रफल वन रहेको छ ।
        जिल्लाको कुल क्षेत्रफलको ४१ दशमलव ७३ प्रतिशत क्षेत्र वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा वर्षेनी १ हजार ५ सय हेक्टर भन्दा वढि क्षेत्रफलमा डढेलो लाग्ने गरेको छ ।
       मानवीय त्रुटीका कारणले वन क्षेत्रमा आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । वर्षेनी वन डढेलो लाग्ने गरेता पनि लगाउने मानिस पक्राउ पर्ने गरेको पाइदैन ।

    Advertisement

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation