• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

गुल्मीमा आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासको चिदीचौरमा आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरीले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरेको हो ।
     गर्मी र सुख्खा सिजन सुरु भएसँगै आगोलागीबाट वर्षेनी हुने जनधनको क्षतीसँगै वन वातावरणको संरक्षण गर्ने उदेश्यले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । आगोलागीका घटना हुँदा नियन्त्रण, खोज उद्धार तथा प्रथामिक उपचारमा कसरी व्यवस्थापन गनेए भन्ने विषयमा नमूना अभ्यास गरिएको थियो ।
    कृत्रिम अभ्यासका माध्यमबाट जनचेतना फैलाउने उदेश्यले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले वर्षेनी सुरक्षाकर्मीको सहयोगमा दैविक प्रकोप नियन्त्रण समबन्धी नमूना अभ्यास गर्ने गरेको छ ।
        रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ मा गरिएको नमूना अभ्यासमा तम्घासको चिदीचौरमा केहि घरहरु बनाएर आगोलागी भएको घटना बनाइएको थियो । घटनामा आगो निभाउने क्रममा केहि घाइते भएको र घरहरु जलेको दृश्य बनाइएको थियो । घटनामा घाइतेहरुलाई उद्धार र घरमा लागेको आगो नियन्त्रणमा ल्याउने बारे नमूना अभ्यास गरिएको हो ।
        नमूना अभ्यासमा सुरक्षाकर्मीले घाइतेको उद्धार र आगो नियन्त्रणमा ल्याएको अभ्यास गरेका थिए । त्यस्तै घरमा रहेका ग्यास शिलिण्डरहरुबाट लाग्ने आगोलागी बारेमा पनि नमूना अभ्यास गरिएको थियो ।
       ग्यास शिलिण्डरबाट लागेको आगो कसरी निभाउन सकिन्छ भन्ने बारेमा पनि सुरक्षाकर्मीले नमूना अभ्यास गरेका थिए । नमूना अभ्यास कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।
       यसवर्ष हिउँदको समयमा वर्षात पनि कम भएकाले वनडढेलो वढने प्रवल सम्भावना रहेको छ । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्नाले करोडौं मुल्यको क्षती हुँदै आएको छ ।
        वनमा लागेकोे डढेलो वस्तीमा पुग्दा वर्षेनी जनधन को क्षती हुने गरेको छ । गुल्मी जिल्लामा ४६ हजार ९८ हेक्टर क्षेत्रफल वन रहेको छ ।
        जिल्लाको कुल क्षेत्रफलको ४१ दशमलव ७३ प्रतिशत क्षेत्र वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा वर्षेनी १ हजार ५ सय हेक्टर भन्दा वढि क्षेत्रफलमा डढेलो लाग्ने गरेको छ ।
       मानवीय त्रुटीका कारणले वन क्षेत्रमा आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । वर्षेनी वन डढेलो लाग्ने गरेता पनि लगाउने मानिस पक्राउ पर्ने गरेको पाइदैन ।

    Advertisement

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation