प्युठान। ग्लोबल आईएमई बैंक विजुवार शाखाले शुक्रबार आफ्ना सेवा ग्राहीहरूलाई वित्तीय साक्षरता सम्बन्धि कक्षा संचालन गरेको छ।
डिजिटल बैंकिङबारे जानकारी गराउने उद्देश्य बमोजिम एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको बैंकका प्रबन्धक दिलिप विष्टले जानकारी गराए।
वित्तीय लक्ष्य योजना तथा निर्माण, बचत तथा ऋण, बजेट, रेमिट्यान्स, बैंकिङ जालसाजी, डिजिटल बैंकिङ, डिजिटल बैंकिङ कारोबारका बारेमा प्रबन्धक विष्ट तथा बैंकका कर्जा शाखा प्रमुख शुशिल अधिकारीले सहभागीहरुलाई अभिमुखिकरण गरेका थिए।
अभिमुखिकरण कार्यक्रमले डिजिटल बैंकिङ कारोबारका बारेमा जानकारी लिन तथा दिन सहज भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
डिजिटल बैंकिङ प्रणालीमा पछिल्लो समय असावधानीका कारण विभिन्न ठगीका घटनाहरू बढ्दै गएको बैंकले जनाएको छ। वित्तीय साक्षरता सम्बन्धि क्लासले आफ्ना ग्राहकवर्गमा सुरक्षित बैंकिङ कारोबारका बारेमा जानकारी लिन केहि सघाउ तथा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
ग्लोबलद्वारा वित्तीय साक्षरता कक्षा संचालन
ग्लोबलद्वारा वित्तीय साक्षरता कक्षा संचालन
Advertisement
तपाईको प्रतिक्रिया