• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

नयाँगाउँ प्रहरी चौकीको आफनै भवन


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको नयाँ गाउँमा प्रहरी चौकीको उद्धाटन गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा निर्माण सम्पन्न गरिएको प्रहरी चौकी भवनको उद्धाटन गरिएको हो ।
    लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले एक कार्यक्रमको बीचमा प्रहरी चौकी नयाँगाउँ गुल्मीको उद्धाटन गरेका हुन् । व्यवस्थित र गुणस्तरीय भवन निर्माण गर्ने क्रममा प्रहरीले आफ्नै जग्गामा उक्त भवन बनाएको हो ।
    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमार्फत जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत धुर्कोट गाउँपालिकाको नयाँगाउँमा कुल दुई करोड ९९ लाखमा निर्माण सम्पन्न भएको इन्जिनियर प्रहरी नायब उपरीक्षक रोशन सारुले बताए । प्रहरी चौकी नयाँगाउँको निर्माणको जिम्मा अर्जुन विल्डर्स एण्ड कन्स्ट्रक्सन गुल्मीले पाएको थियो ।
    २०७९ साल पुस १४ मा सम्झौता भएको उक्त भवनको १३ पुस २०८० तोकिएकै मितिमा निर्माण सम्पन्न भएको थियो । प्रहरी चौकी नयाँगाउँ उद्धाटनको क्रममा तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी विजय खनाललाई सम्मान गरिएको थियो ।
    कर्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरीले आवश्यकता अनुसार प्रहरी जनशक्ति पुर्ण रुपमा हुनुपर्ने बताइन् । उनले नयाँगाउँमा निर्माण सम्पन्न उक्त भवनबाट प्रदान हुने सेवाले थप सुरक्षाको अनुभुती हुने बताएकी थिइन् ।
    गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नागरिकको घरदैलोमा पुगेर सेवा दिने कोसिस गरिरहेको बताए । उनले गुल्मीको प्रहरी सेवाबाट नागरिक सन्तुष्ट रहेको बताएका थिए ।
    प्रहरी चौकी नयाँगाउँको उद्धाटन गर्दै लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले हाल सम्पन्न भवन आम नागरिकको सेवाको लागि पर्याप्त भएको बताए । उनले तीनै तहका सरकारको सरोकारमा रहेको प्रहरीलाई अत्याधुनिक बनाउनुपर्नेमा हाल यो भवन बनेको बताए ।
    उनले उच्च मनोबलका साथ प्रहरीले सेवा प्रदान गर्नुपर्ने बताए । अब गुणस्तरीय कार्यालयमार्फत दिने सेवामार्फत थप राहात दिने र सेवाग्राहीलाई खुसी महशुस हुने गरि सेवा दिन निर्देशन दिए ।
    भवनमा कार्यालय, ब्यारेक, भान्छा घर र शौचालय निर्माण सम्पन्न भएका हुन् । साढे दुई तलाको उक्त भवनमा भुँइतलामा एक सय ५७ वर्गमिटरमा चार कोठा कार्यालयका लागि, पहिलो तलामा एक सय ४३ वर्गमिटरमा तीन वटा कोठा ब्यारेकको लागि, महिला कर्मचारीका लागि छुट्टै शौचालयसहित ब्यारेक, दोस्रो तलामा ९८ वर्गमिटरमा कार्यालय प्रमुखसहित संचार शाखा तथा ब्यारेकको लागि, २९ वर्गमिटरमा भान्छा घर र ८ वर्गमिटरमा शौचालयसहित स्नान गृहको निर्माण गरिएको छ ।
    हाल जिल्ला भर प्रहरीका २७ वटा युनिट रहेका छन् । त्यसमध्ये ११ वटा प्रहरीका युनिट भाडाको भवनबाट सेवा दिदै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
    केहि प्रहरी चौकी अत्यन्तै जीर्ण भवनबाट सेवा दिदै आएका छन् ।

    Advertisement

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...