• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

उहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर निर्माण गरिएका घरहरु तम्घास बजारमा हराउदै जान थालेका छन्।
    गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको विकाससँगै अहिले पुराना डिजाइनका घरहरु हराउदै जान थालेका छन् । त्यस्ता घरहरु तम्घास बजारमा अहिले केहि मात्रामा मात्रै देख्न सकिन्छ ।
    अहिले बजार रहेका ती पुराना डिजाइनका घरहरु कुनै समयमा निकै राम्रा मध्येका घर हुन् । आधुनिकताको विकाससँगै अहिले सिमेन्टर, छड, इटा प्रयोग गरेर घरहरु धमाधम निर्माण हुँदै गएका छन् ।
    यसरी निर्माण हुँदा पुराना डिजाइनका घरहरु अहिले हराउदै गएका हुन् । पुराना घरहरु हराएसँगै तम्घास बजारले नयाँ स्वरुप लिएको छ ।
    २००९ सालअघिसम्म तम्घासको पुरै झाडी थियो । त्यसपछि एकदुई पसलबाट अहिलेको तम्घास बजार बनेको स्थानीय ७० वर्षकी देजकुमारी श्रेष्ठले बताउनुभयो ।
    श्रेष्ठ पूख्यौली घर नै तम्घास हो । उहाँलाई तम्घास बजार पहिले कस्तो थियो भन्ने बारेमा राम्रोसँग थाहा छ ।
    मैले जान्दा झाँडि मात्रै थियो श्रेष्ठले भन्नुभयो,‘ एक दुइवटा घरहरु मात्रै थिए ।’ उ त्यहिँ हाम्रो घर अझै पनि पहिलेकै हो उहाँले भन्नुभयो, ‘छोटो समयमै यस्तो देखियो ।’
    पहिले त ढुंगा माटो, काठले बनेका घर थिए, उहाँ भन्नुहुन्छ, ‘अहिले त धेरै परिर्वतन भयो ।’ अहिले त घर घरमा पानी घरघरमा मोटरबाटो आयो, ‘बिगतका कुरा स्मरण गर्दा भावुक पनि बन्नुभयो ।’
    तम्घास बजारमा बाक्ला घरहरुसँगै विकास भएको झण्डै ३५ वर्ष मात्रै उहाँको भनाइ छ । त्यो भन्दा पहिले तम्घास लगायत गुल्मीका विभिन्न ठाउँका मानिसहरु भरिया लिएर पाल्पा, बुटवल गएर सामान ल्याएरा खाने गरिन्थ्यो श्रेष्ठले भन्नुभयो, ‘उहिले धेरै जग्गा किनेको भए माला माल भइने रहेछ ।’
    ‘उतिबेला जग्गा निकै सस्तोमा मिल्थ्यो, अहिले त कति धेरै मूल्य पर्दो रहेछ ।’
    अहिलेको रेसुङ्गा नगरपालिकाको वडानम्बर १, २, ७, ८, ९ वटा वडा मिलेर गुल्मी सदरमुकाम बनेको छ । यहाँको मौसम गर्मी सिजनमा पनि खासै गर्मी हुँदैन ।
    एकातिर रेसुङ्गा र अर्को तिर अर्जुनको काखमा रहेको तम्घास बजार गुल्मी जिल्लाका लागि महत्वपूर्ण ठाउँ पनि हो । रेसुङ्गा र अर्जुन धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र हुन् ।
    यसैका काखमा पर्ने तम्घास बजार पनि सदरमुकाम भएकाले महत्वपूर्ण ठाउँ हो । जिल्लाको सदरमुकाम तम्घास पहिले लक्ष्मीपुर गाउँ पंचायत थियो ।
    यस भित्र नयाँ बजार, खानीगाउँ, धागिथुम, भूजेलखर्क, छापटोला, उपल्लो तम्घास, उदिनढुंगा, बागबारे, बाख्रेछेडा लगायतका क्षेत्र भित्र तम्घास रहेको छ । यस ठाउँमा अहिले बाक्ला वस्तीहरु रहेका छन् ।
    यसै ठाउँमा जिल्लाका मुख्य प्रशासन कार्यालयहरु रहेका छन् । तम्घासमा बिशाल ढंगले शहरीकरण भइरहेको छ ।
    जिल्ला सदरमुकाम भएकाले मानिसहरुको चहलपहल भइरहने गर्दछ । यहाँ एउटा क्याम्पस र सकारी गरि एक दर्जन जति माध्यमिक विद्यालयहरु रहेका छन् ।
    तम्घास तत्कालीन (लक्ष्मीपुर क्षेत्र) गर्मी मौसममा ज्यादै शीतल र रमणीय पनि भएको हुनाले त्यताको लोक भाषामा सो ठाउँलाई तमासा, तमास भन्दा भन्दै तम्घास भएको भन्दछन् । भनिन्छ तम्घासमा पहिले एउटा पानीको तलाउ थियो ।
    तलाउको नाउँ तमास थियो र सो ताल पछि पुरिएर लामो लामों घाँस पलाउँदा तमासघाँस हुँदा हुँदा तम्घास नाम रहन गयो । यो ठाउँ प्राचीनकालदेखि महत्त्वपूर्ण रहेको कुरा विभिन्न आधारबाट पुष्टि हुन्छ ।
    डा. टीकाराम पन्थीले आफ्नो खण्डकाव्य “तम्घास“ नाम भएको हो भन्ने लेख्नुभएको छ । सदरमुकाम तम्घासमा २०४० साल तिर पहिलोपटक ट्क्याटर आएको थियो ।
    त्यसपछि यहाँको विकासले झनै गति लियो । ०४३ साल तिर स्थानीय स्तरबाटै विद्युत निकालेपछि थप अर्को विकासक्रम अघि बढ्यो ।
    सदरमुकाम यातायातको साधनसँग जोडिएपछि यहाँका घरहरुसँगै मानिसहरुको पनि जीवन शैली पनि फरक बन्दै गयो । तम्घासमा पहिलो पाल्पा बुटवल पुगेर भरिया मार्फत मासान ल्याए बिक्री गर्ने र केहिले घर खर्चका लागि पनि ल्याउने गरिन्थ्यो ।
    गुल्मी जिल्लाबाट घिउ, भटमास, फापर लगेर साटेर नुन, चामल ल्याउने गरेको तम्घास उदिनढुंगाका ६५ वर्षका रामलाल पन्थीले बताउनुभयो । तम्घासबाट बुटवलसम्म ८ देखि १० दिन लगाएर एक वर्ष ६ महिना पुग्ने नुन, चामल ल्याउने गरेको थियौं, पन्थीले भन्नुभयो, ‘बुटवलबाट केहि समय पछि पाल्पा, रिडी, गौडाकोट हुँदै तम्घास बजारमा मै सामान किनमेलन हुन थाल्यो ।’
    तम्घास बजार बाँस, खरि लगायतका झाँडि मात्रै भएको पन्थीले बताउनुभयो । बिस्तार हुँदाहुँदै विभिन्न ठाउँबाट आएर मानिसहरुले जग्गा किनबेच गरेपछि बजार बनेको उहाँको भनाइ छ ।
    तम्घास बजार बिस्तार हुँदै गर्दा गुल्मी जिल्लासँगै अर्घाखाँचीबाट विभिन्न व्यक्ति आएर व्यपार व्यवसायसँगै घर जग्गाहरु किनबेच गरेकाले यहाँको थप चहलपहल बनेको यहाँका स्थानीयको भनाइ छ । पछि सवारी साधानहरु आउन थालेपछि बजार र पसलहरु थपिदै गए ।
    त्यसपछि तम्घास बजार शहर बन्दै गयो । तम्घास बजार पछिल्लो द्धन्द कालमा गाउँगाउबाट मानिसहरु आएर बसेसँगै बजार र मानिसहरुको चहलपहल धेरै नै बढेको स्थानीय ७१ वर्षका खेतबहादुर भलामीले बताउनुभयो ।
    भलामी पुख्यौलीदेखि तम्घासमा बस्दै आउनुभएको छ । द्धन्दको त्यो समयमा जग्गाको मूल्य पनि धेरै नै बढेको उहाँले स्मरण गनुभयो । २०४३ साल भन्दा पहिले सुस्त गतिमा बजार र घरहरु बनेका थिए भलामीले भन्नुभयो, ‘द्धन्द कालमा त धेरै नै किनबेच भयो ।’
    यहाँ क्याम्पस, स्कुलहरु खुलेसँगै मानिसहरुको चहलपहल बढेको भलामीले बताउनुभयो । जनसंख्या बढेसँगै विभिन्न सुबिधाहरु पनि थपिदै गएको उहाँले बताउनुभयो । भलामीको घर अहिले पनि ढुंगा, माटो, जस्ताले बनेको छ ।
    अहिले पनि त्यो घर तम्घास बजारमै उत्कृष्ट रहेको छ । पहिले राजा बस्ने दरबार जस्तो भलामीको घर तम्घास बजारमै छ । यसरी शहरको विकाससँगै अहिले पुराना डिजाइनका घरहरु हराउदै जान थालेका छन् ।
    पुराना डिजाइनका घरहरु चिसो सिजनमा तातो हुने पनि स्थानीयको तर्क रहेको छ । सिमेन्टबाट बनेका घरहरु भन्दा ढुंगा माटोले बनेका घरहरु चिसो सिजनका लागि राम्रो हुँने पुराना पुस्ताहरुको भनाइ छ ।

    Advertisement

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...