• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • २. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

रित्तिने अवस्थामा त्रिवि विभाग


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।
    कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने ”
    विगतमा महिलाको प्रजननदर अधिक भयो, घटाउनु पर्छ भनेर बहस गरेकोदेखि जनसङ्ख्या समस्या समाधानका लागि ‘पड्किन तयार बम’ भन्ने उपमा पाएको यो विभागमा मुस्किलले १२ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ मात्रै आउने गरेका छन् । दुई जना प्राध्यापक, पाँच जना सहप्राध्यापक र पाँच जना उपप्राध्यापक कार्यरत रहेको विभागको वेबसाइटमा उल्लेख छ ।
    त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै २०१६ सालमा स्थापना भएको हिन्दी केन्द्रीय विभागको अवस्था पनि उस्तै दयनीय छ ।
    पाँच जना प्राध्यापक कार्यरत रहेको यस विभागमा दुई सेमेस्टरमा गरेर छ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ मात्रै आउँछन् ।
    विभागका प्रमुख डा। सञ्जिता बर्माले भनिन्, “स्कुल तथा विश्वविद्यालयको तल्लो तहमा हिन्दी विषयको पढाइ नभएपछि माथिल्लो तहमा भर्ना हुने विद्यार्थीको अभाव भएको हो । हिन्दी विषय पढ्ने विद्यार्थीका लागि विश्वविद्यालयले बनाएको अन्य नीतिगत व्यवस्था पनि बाधक बनेको छ ।”
    पछिल्लो समय त्रिविवि अन्तर्गतका थुप्रै केन्द्रीय विभागले विद्यार्थी अभावको समस्या झेल्दै आएका छन् । बजारको माग अनुसार नयाँ विषय नहुनु पनि विद्यार्थी सङ्ख्या घट्नुको कारण हो ।
    पछिल्लो समय नेपाली विद्यार्थीको लर्को विदेशी विश्वविद्यालयतर्फ भएपछि नेपालका विश्वविद्यालय प्रायः सबैले विद्यार्थी अभाव झेल्न थालेका छन् ।
    प्राध्यापक तथा प्रशासनिक कर्मचारीसमेत पर्याप्त रहे पनि विद्यार्थी नआएपछि विभागलाई कसरी अघि बढाउने भन्ने चिन्तामा विभागीय प्रमुखहरू छन् । विशेषगरी मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका केन्द्रीय विभागहरूले यस्तो समस्या झेल्दै आएका छन् ।

    Advertisement

    यो खबर आजको गोरखापत्र दैनिकमा छ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • २.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation