प्युठान । नेकपा माओबादी केन्द्रको भातृसंगठन वाईसिएल र अखिल क्रान्तिकारी प्युठानको टोली भुकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ ।
भुकम्प प्रभावित क्षेत्रमा श्रमदान गर्न उनिहरु आज सोमबार प्रभावित क्षेत्र रुकुम पश्चिम गएका हुन ।
जिल्लाबाट १० जनाको टोलि रुकुम पश्चिम प्रस्थान गरेको वाइसिएल नेपाल प्युठानका अध्यक्ष मोहन परियारले जानकारी दिए । टोलीले भुकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनर्निर्माण सहयोगार्थ जनश्रमदान गर्ने अध्यक्ष परियारले बताए।
Advertisement