प्युठान। प्युठानको गौमुखी गाउँपालिकाले प्लास्टिकका फुलमाला बिक्रीमा प्रतिबन्ध लगाएको छ।
गाउँपालिकाले सुचना नै जारी गरि पालिका क्षेत्रभित्र प्लास्टिकका मालाहरुको बिक्रीबितरणमा रोक लगाएको हो।
प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद सुबेदीले स्थानियस्तरमा उत्पादित फुलको प्रबर्द्धन गर्न प्लास्टिकका मालाको प्रयोग तथा बिक्रीबितरणलाई निषेध गरिएको जानकारी दिनुभयो।
उहाका अनुसार पालिकाको १५ औं गाउसभाले प्लास्टिकजन्य,रबरजन्य माला र खादाको प्रयोग नगर्ने निर्णय गरेको छ।
तिहारमा प्राकृतिक फुलमालाको प्रयोग गर्न पालिकाले सबैलाई अनुरोध समेत गरेको छ।
Advertisement