गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले भुकम्प प्रभावित क्षेत्रमा तत्काल राहतका लागि सरकारको कोषमा ३० हजार ५ सय रुपैयाँ सहयोग गर्ने भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आकस्मिक पदाधिकारी बैठकले तत्कालका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरिएको वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।
कार्तिक १७ गते राति ११ बजेर ४७ मा जाजरकोट र रुकुम पश्चिम केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्पका कारण ठुलो संख्यामा मानविय क्षति एवं भौतिक क्षति भएको छ । यस घटना प्रति वाणिज्य संघले दुख व्यक्त समेत गरेको छ ।
भुकम्पमा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । भुकम्प पिडतहरुको तत्काल उद्धार, राहतका लागि यस गुल्मी उद्योग वाणिज्य संघको तर्फबाट नेपाल सरकार भुकम्प प्रभाभित क्षेत्रको राहत संकलन खातामा तिस हजार पाच सय आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको भुसालले बताए ।
साथै समग्र मनकारी हातहरुलाई यस विपतको घडिमा आफ्नो तन, मन तथा धनका साथ सहयोगमा जुट्नका लागि अनुरोध समेत गरेको छ ।
भुकम्प प्रभावितलाई गुल्मी उद्योग वाणिज्य संघको आर्थिक सहयोग
भुकम्प प्रभावितलाई गुल्मी उद्योग वाणिज्य संघको आर्थिक सहयोग
Advertisement
तपाईको प्रतिक्रिया