• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ६. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • ७. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ८. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

  • ९. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • १०. मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी


  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ ।

    Advertisement

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।

    उनले भने, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको छ ।”

    उनले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ ।

    पुरातत्त्व विभागले १६ वटा क्षेत्रलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेर अध्ययन, अनुसन्धानको काम अघि बढाएको भन्दै उनले काभ्रेको पनौती क्षेत्रलाई समेत सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रक्रियासमेत जारी रहेको बताए ।

    ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्य जारी रहेको छ । युनेस्कोका नेपाल प्रतिनिधिले समेत पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गरिसकेका छन् । थप प्रक्रिया अघि बढाउनेबारे शुक्रबार नगरपालिकामा थप छलफल हुँदै छ । पनौतीलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न आवश्यक तयारी अनुसार स्थानीय जनतासँग शुक्रबार पनौती नगरपालिकाले अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै छ ।

    उक्त अन्तर्क्रिया कार्यक्रममा विभागका तर्फबाट विभागका अभिलेख अधिकृत देवेन्द्र भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव सुरेशकुमार श्रेष्ठ सहभागी हुने जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा

    भर्खरै

    • १.
      मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

    • २.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    • ३.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ४.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ५.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • ६.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ७.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ८.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation