• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

गुल्मीमा किवी खेती बिस्तार हुँदै


  •   बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा किवी खेती बिस्तार हुँदै गएको छ । किसानहरुको साधारण व्यवस्थापनमा हावापानी सुहाउदो व्यवसायीक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल यहाँका कृषकहरुले किवी खेतिलाई रोज्न थालेका छन ।
    किवी खेतीको नाम दिनु पर्दा गुल्मी जिल्लाको भार्से गाउँलाई चिनिथ्यो । तर पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किवी खेती हुन थालेको छ ।
    हाल उत्पादन भएको फल महङ्गोमा विक्री भएपछि कृषकहरु यसको व्यवसायीकता वढाउन लागी परेका हुन् । यतिबेला किवी फल टिप्ने बेला सुरु हुन थालेको छ ।
    यो फल कात्तिक महिनाबाट मंसिर अन्तिमसम्म पाक्ने गर्दछ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ मा बिरबहादुर कार्कीले किवी खेती गर्दै आउनु भएको छ ।
    सुरुमा किवीका विरुवा बेच्दै आएका कार्कीले पछिल्लो केहि वर्ष यता किवी खेती पनि गर्दै आएका छन् । कार्कीले २०७२ सालदेखि किवी खेती गर्न थालेका हुन् ०७५ सालदेखि किवीले उत्पादन दिन थालेको छ ।
    कार्कीले यसवर्ष ५ कुन्टल किवी उत्पादन भएको बताउनुभयो । उत्पादनी किवी तम्घास बजारमै खपत हुने गरेको छ ।
    कार्की जस्तै जिल्ला अरु धेरै कृषकहरु किवी खेतीमा लागेका छन् । कम मेहनतबाट हुने यो खेतीमा धेरैको आकर्षण बढन थालेको छ ।
    सुन्तला र स्याउ नहुने बिचको क्षेत्रमा किवी खेती हुने गर्दछ । समुद्री सतहदेखि १२ सय मिरट भन्दा माथी किवी खेती हुने गर्दछ ।
    जिल्लामा १२ सय मिटर माथीका भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । कालिगण्डकी, चन्द्रकोट, सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती हुँदै आएको छ ।
    जिल्लामा हाल १ हजार हेक्टर क्षेत्रफलमा सजिलै किवी खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । नेपालका धेरै ठाउँमा किवी खेती हुँदै आएकाले बजारी करणमा समस्या रहेको छ ।
    अहिले किवी सरदर ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँ प्रति किलो बिक्री हुँने गरेको छ । धेरै ठाउँमा उत्पादन हुँदै आएकाले यसको मूल्य सरदर १ सय रुपैयाँ प्रति किलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुँने भण्डारीको भनाइ छ ।
    नेपालमा उत्पादन हुँदै आएको किवी बिदेशी भन्दा अलिकति अमिलो पना पनि रहेको छ । धेरै फल्ने र अरु खेती नहुँने ठाउँमा पनि किवी राम्रो हुने गर्दछ । कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा किवी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किवी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुँने गर्दछ ।
    अहिले कालिगण्डकी, सत्यवती र मालिकाको ह्वाङदी, नेटमा किवी खेतीका लागि कार्यालयले सहयोग गर्दै आएको छ । तर यो सहयोग नगन्य रुपमा रहेको कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख भण्डारीको भनाइ छ ।
    यसवर्ष किवी बिशेष कार्यक्रम भनेर कालिगण्डकी गाउँपालिकाको वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किवी खेती बिस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रुपैयाँ विनियोज गरेको छ ।
    यो फार्म जिल्लाकै नमूना रुपमा अगाडी बढाइदैछ । चिसो हावापानी भएको ठाउँमा मकै, आलु, कोदो खेति र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानिय वासिन्दा हरु जिवन निर्वाहा गरिरहेका छन् ।
    तर पछिल्लो समय यता बिस्तारै कृषि वालीमा परिर्वतन गर्न खोजीरहेका छन् । हाल उत्पादन भएको फल महगोमा विक्री भएपछि कृषकहरु यसको व्यवशायिकता वढाउन लागी परेका हुन्। गुणस्तरिय फल फलाउनको लागी गर्नुपर्ने वगान व्यवस्थापन कार्यहरु काँटछाट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिंचाई कार्यमा सुधार र कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी पर्दछ ।

    Advertisement

    बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation