• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कालिपुर र सतबरिया जोड्ने पक्कीपुलले पायो निकास


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • मेगमन बुढा, दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ ।

    Advertisement

    कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौंदेखि दक्षिण भेगका नागरिकले सास्ती खेप्नुपरेको थियो । हरेक वर्ष असार महिना लागिसकेपछि ज्यानको बाजी राखेर डुङ्गाको भरमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो । त्यस्तै उक्त स्थानमा केहिँ वर्ष पहिले डुङ्गा पल्टिँदा ५ जना मानिसले अकालमा ज्यान समेत गुमाएका थिए ।

    उक्त समस्यालाई मध्यनजर गर्दै राज्यले अनक कन्स्ट्रक्सन प्रालिको ठेक्कामा ६८ करोड लगानी गरेर २०७६ साल मंसिर महिनादेखि पक्की पुल निर्माण कार्यलाई थाल्नी गरेको थियो । कन्स्ट्रक्सनले करिब तीन वर्ष लगाएर २०७९ जेष्ठ महिनामै निर्माण कार्य सम्पन्न गर्‍यो तर सो पुल निर्माण कार्य सम्पन्न हुँदा साथ पुलबाट आवतजावत गर्न चार पाङ्ग्रे सवारीसाधनले बाटोको निकास नपाएपछि समस्या उत्पन्न भएको थियो ।

    राजपुर गाउँपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि उक्त बाटोको तत्काल निकास दिन वडा र गाउँपालिकाका जनप्रतिनिधिहरु निरन्तर लागि परेका थिए । तर जग्गा धनी रामबहादुर यादवले आफ्नो जग्गाबाट कुनैपनि हालतमा निकास नदिने अडान राखेपछि जनप्रतिनिधिलाई फलामको चिउरा चपाउनु परेको थियो ।

    त्यस्तै उक्त स्थानमा बर्खा लाग्दा बित्तिकै बाटो सबै हिलाम्मे हुने र आवागमनमा कठिनाइ हुने भएपछि स्थानीय र यात्रीहरुले व्यापक गुनासो गरेका थिए । गुनासोको आधारमा विभिन्न मिडिया टेलिभिजन, पत्रपत्रिका,अनलाइन पत्रीका रेडियोहरुमा समाचारहरु प्रसारण र प्रकाशन समेत भएका थिए ।

    स्थानीय सरकारद्वारा उक्त बाटोलाई निकास दिनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय दाङलाई राजपुर गाउँपालिकाले सहयोग मागेको थियो । पालिकाले सहयोग मागेपछि सो स्थानमा जिल्ला प्रमुख अधिकारी आएर विवादको बारेमा बुझेका थिए । जिल्ला प्रमुख अधिकारीले उक्त विवाद स्थानीय सरकारद्वारानइ मिल्ने सुझाव दिएपछि ३ नम्बर वडा अध्यक्ष र गाउँपालिका अध्यक्षलाई जिम्मा दिइएको थियो ।

    जिल्ला प्रमुख अधिकारीको सल्लाह अनुसार पालिकाले बाटो निकासको पहल कार्यलाई अघि बढाएको थियो । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले वडा नम्बर ३ का वडाअध्यक्ष रामप्रसाद अहिरलाई तत्काल पहल गर्न आग्रह गरेपछि वडा अध्यक्ष र सदस्य सबै मिलेर पहल कार्यलाई अघि बढाएका थिए ।

    करिब एक वर्षको लामो प्रयासपछि शुक्रबार आज उक्त बाटोले निकास पाएको हो । गाउँपालिकाको लगानीमा जेसिबीबाट ९ मिटर चौडाई,करिब एक सय मिटर लम्बाईको बाटोमा गिट्टी,बालुवा बिछाएर ग्राभेल गरिएको छ ।

    जग्गा धनी रामबहादुर यादवलाई यस विषयमा बुझ्दा आफुले जिल्ला प्रमुख अधिकारी (सिडिओ) को सल्लाह सुझावका आधारमा स्थानीय पालिकाका जनप्रतिनिधिसंग समन्वयगरि आफ्नो जग्गाबाट निकास दिएको बताउनु भयो ।

    त्यस्तै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले उक्त बाटोको निकास समयमा दिन नसक्दा स्थानीय बासि र यात्रुहरुले पाएको दुखप्रति दुख व्यक्त गर्नु भएको छ । जे जस्तो भएपनि लामो समयको प्रयासपछि उक्त बाटोले निकास पाएकोमा आफू धेरै खुशी भएको बताउनु भयो । यस्तै अध्यक्ष बुढाथोकीले सो बाटो निकासीका लागि अहोरात्र खट्ने वडाका जनप्रतिनिधि र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation