• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ३. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ६. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ७. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ८. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

  • ९. गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

  • १०. गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बेलारुसको जंगलमै हराए पोर्चुगल हिँडेका मनोज


  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । ‘हिउँ परिरहेको थियो । मनोज कहिले अघि त कहिले पछि हिँड्दै थियो । उसलाई चिसोले सताएको थियो । बाटोमा पटकपटक बान्तासमेत गरेको थियो । मलाई देश फर्कन मन छ भनिरहन्थ्यो,’ बेलारुसको आधा बाटोमा मनोज शाही हराउँदाको क्षण सम्झँदै उनकै एक साथीले भने, ‘ऊ राम्ररी खान सक्ने स्थितिमा थिएन । कहिले हिँड्दाहिँड्दै थचक्क बस्थ्यो र निकै बेरपछि सकीनसकी दौडीदौडी आउँथ्यो । लात्भियाको सीमानजिकै पुग्दा म अब एक कदम पनि पाइला सार्न सक्दिनँ, मेरो पासपोर्ट र मोबाइल देऊ, प्रहरीकोमा गएर सरेन्डर गर्छु, मलाई डिपोर्ट गरिदिन्छ भन्दै निकै जिद्दी गरेको थियो । हामीले सम्झाउँदै हिँडाइरहेका थियौं ।’ साथीहरूसँग हिँड्दाहिँड्दै लात्भियानजिकैको जंगलबाट मनोज बेपत्ता भए ।

    Advertisement

    उल्लिखित घटना वैशाख १९ गतेको हो । मनोज कामको खोजीमा बेलारुस हुँदै पोर्चुगल जाँदै थिए । तर पोर्चुगल नपुगी बेलारुसको जंगलबाट हराए । उनकै साथीहरूले उक्त जानकारी गराएका हुन् । पोर्चुगल जाने भनी हिँडेको सो समूहमा मनोजसहित १७ जना थिए । उनीहरू कञ्चनपुर, झापा र चितवन गरी तीन जिल्लाका हुन् । कञ्चरपुरका २८ वर्षीय मनोज भने बेलारुसको जंगलमा बेपत्ता भएका हुन् । पटकपटक सरकारी निकायको ध्यानाकर्षण गराउँदा पनि मनोजको खोजीका लागि कुनै तदारुकता नदेखाइएको उनका भिनाजु सुनिलजंग शाहीले बताए ।

    कञ्चनपुरकै दलाल दीपेश शाहीलाई मोटो रकम बुझाएर मनोज पोर्चुगल जाने भन्दै हिँडेको बताउँदै उनले भने, ‘अहिले उनी जीवित छन् कि छैनन् भन्ने कुनै टुंगो छैन ।’ मनोज परिवारको एक्लो छोरो भएको, घरमा आमा र बहिनी रहेको उनले जानकारी दिए । ‘मनोज कञ्चरपुरमा घर बनाउने काम गर्थे । ऋण काढेर दलाल दीपेशको हातमा १४ लाख थमाएर पोर्चुगल जाने भन्दै उनले घर छाडेका थिए । बुढी आमा छोराको पखाइमा पिँढी कुर्दैछिन्,’ सुनिलजंगले भने ।

    वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्छन् । त्यसकारण वैदेशिक रोजगारीका नाममा हरेक दिन नेपाली ठगिने गरेका छन् । मानव तस्करहरूले ‘मासिक तलब लाखौंलाख, खान र बस्न फ्री’ भन्दै अनेकौं प्रलोभनमा पारेर नेपाली युवाहरूलाई विभिन्न देश लाने भने पनि कतिपयलाई आधा बाटोमै अलपत्र पार्ने गरेका छन् । खासगरी सिधासाधा नेपालीलाई बिनाश्रम स्वीकृति विभिन्न देश पुर्‍याउने गरिएको छ । पुर्‍याउन नसके आधा बाटामै अलपत्र पार्ने गर्दा कैयौं नेपाली युवा ‘न लास न सास’को अवस्थामा पुग्छन् । मनोज पनि त्यस्तै अवस्थाको सिकार भएका हुन् ।

    ७ जना स्वदेश फर्कन सफल

    ‘फ्लाइट टु फ्लाइट’ नेपालबाट पोर्चुगलमा पुर्‍याउने भन्दै दलाल दीपेश शाहीले मनोजलाई बेलारुसको आधा बाटोमा बेवारिसे अवस्थामा छाडिदिएको आरोप लगाइएको छ। पोर्चुगल जाने भनिए पनि आफूहरू बेलारुसतिर गइरहेका ती दलालले बताउने गरेको नेपाल आइपुगेका पीडितहरूले बताए । समूहका अधिकांशसँग दलालले १७ लाख रूपैयाँ लिएका थिए ।

    समूहका अधिकांशसँग १७ लाख रूपैयाँ लिएका ती दलालले केहीसँग १४ लाख लिएको पीडितहरूको दाबी छ । आधा बाटोमा पुगेपछि ट्याक्सीमै पोर्चुगल पुर्‍याउने भन्दै बीच बाटोमा पुग्दा घर न घाटको बनाएको उनीहरूले बताए ।

    ‘बीच बाटोमा पैसा थप्नुपर्छ भन्दै त्यो दलालले थर्कायो,’ हाल स्वदेश फर्किसकेकामध्ये दलाल दीपेशलाई उद्धृत गर्दै आधा बाटोबाट नेपाल फर्किएका एक युवाले भने, ‘सुरुमा नेपालबाट सिधै बेलारुस जाने अनि त्यहाँबाट ट्याक्सीमा पोर्चुगल छिर्ने हो । गाह्रो छैन । सजिलै पुर्‍याउने मेरो काम हो । जसोतसो पोर्चगल पुर्‍याए भएन ? तिमीहरू किचकिच मात्रै गर्छौ ।’

    यसरी आधा बाटोमा पुगिसकेपछि पैसा पुग्दैन भन्दै खोचे थापेर थपे मात्र पोर्चुगल पुगिने नत्र बेलारुसमै अलपत्र परिने भन्दै ती दलालले धम्क्याएको ती युवाहरूले सुनाए ।

    मनोज सम्मिलित १७ जनाको समूह गत चैत २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दलाल दीपेशको नेतृत्वमा उडेका थिए । दीपेशले भिजिट भिसामा दुबई, रसिया र बेलारुस हुँदै आफूहरूलाई लगेको युवाहरूको भनाइ छ । लात्भियाको सीमा पार गर्ने क्षण सम्झँदै मनोजका अर्का साथीले भने, ‘चिसोले मनोज स्वास्थ्य स्थिति बिग्रेको थियो । बाटोमा आगो बालेर पनि सेकायौं । तीन दिनसम्म बोकेर, डोर्‍याएर हिँडाएका थियौं । हिँड्न खोज्दा थचक्कै भुँइमा बस्थ्यो र ऊ पछि पथ्र्यो । आइरहेको होला भन्दै हामी हिँड्थ्यौं । एक दिन त निकै बेर आएन । आउँदै होला भन्ने हामीलाई लागेका थियो । थकाइ मार्दैै मनोजलाई पख्र्यौं तर ऊ आइपुगेन ।’ दुईजना साथी खोज्न जाँदा उसको चप्पल मात्र फेला परेको उनीहरूले बताए ।

    ‘दलाल दीपेश शाहीले मोटो रकम लिएर हामीलाई जंगलमा अलपत्र पारेको छ।

    बेलारुसको सेन्टरमा ८/१० दिनदेखि भोको पेटमा धमिलो पानी खाँदै बसेका छौं । हामी बेलारुस र पोल्यान्डको जंगलमा अलपत्र परेको यो भिडियो आमासम्म नपुर्‍याउनुहोला ।’

    यस्तै सन्देशसहित दलाल दीपेशले फसाएको भन्दै ती पीडितहरूले बेलारुसको जंगलमा खिचेको भिडियो सामाजिक सञ्चालमा ‘सेयर’ गरेका छन् । रसियाबाट बेलारुसतिर लाग्दा सबै साथीभाइ सँगसँगै निस्के पनि बाटोमा हिँड्न नसक्ने साथी छुट्लान् भनेर ससाना समूह बनाउने निर्णय गरिएको पोर्चुगल जाने भनी हिँडेकामध्ये एक मित्रलाल खनालले बताए । उनका अनुसार सन्तोष शाही, पूजा भण्डारी र खेम विष्टले अगुवाइमा तीन समूह बनाइएको थियो । उनका अनुसार कहिले जंगल, कहिले सुक्खा पहाड हिँड्नुपर्थ्याे, मौसम धेरै चिसो थियो ।

    केही समयपछि तीनबाट दुई समूह बने । एउटा समूह पाँचजनाको थियो भने बाँकी १२ जनाको अर्को समूहमा मनोज पनि समेटिएको खनालले बताए । उक्त जंगलमा १५/१६ दिन खान पाइएन। पानी पनि थिएन । सुत्ने समस्या उस्तै । खाना र पानी नपाउँदा अधिकांश युवा गलेको उनले सुनाए। ‘लात्भिया र पोल्यान्डको सीमा पार गर्न लाग्दा बोर्डरको प्रहरीले अधिकांशको मोबाइल खोसिदिएको थियो,’ उनले भने, ‘पोल्यान्डको बोर्डरबाट सीमा पार गर्ने क्रममा १५ किमि जंगलकै बाटो हिँड्दै गर्दा फेरि पनि प्रहरीले समेत समात्यो । त्यतिबेला दलाल दीपेश सम्पर्कविहीन भइसकेको थियो ।’

    पोर्चुगलका लागि हिँडेका १७ नेपाली युवामध्ये सातजना हालै बेलारुसबाट स्वदेश फर्केका छन् । बेलारुसस्थित नेपाली दूतावासले जसोतसो पीडितहरूलाई फर्काउन समन्वय गरेको थियो । दूतावासले टिकटको व्यवस्था मिलाएपछि साउन पहिलो साता आफूहरू नेपाल आएको उनीहरूले बताए । त्यसरी फर्किएकाहरूले दलाल शाहीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरो र वैदेशिक रोजगारी विभागमा उजुरी दिएका छन् । मनोजबारे अत्तोपत्तो नरहेको ब्युरोका एसपी नरहरि रेग्मीले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ।

    शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    भर्खरै

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    • ३.
      झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

    • ४.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • ५.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ६.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ७.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ८.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation