अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले अार्थिक वर्ष २०८०/०८१ का लागि ५१ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले १३ अौं गाउँसभामा ५१ करोड ३० लाख ९७ हजार ४५ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
जसको चालू तर्फ ३४ करोड ४९ लाख ५५ हजार १ सय ४३ (६७.२३ प्रतिशत) रहेको छ । पुँजीगत तर्फ १६ करोड ८१ लाख ४१ हजार ९ सय १ (३२.७७ प्रतिशत) वजेट सभामा पेश भएको छ । बजेट माथि छलफल र पारित गर्दै गाउँसभाको १३ औ अधिवेशन सकिएको छ।
Advertisement