अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अार्थिक वर्ष २०८०/ ०८१ सालको लागि ४४ करोड बढिको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाले अाइतबार प्रस्तुत गरेको बजेट ४४ करोड ५४ लाख ३४ हजार २ सय रूपैयाँ रहेको छ । जस अनुुसार ३३ करोड ६५ लाख ९६ हजार ७ सय रूपैयाँ रहेको छ । पुँजीगत खर्च १०करोड ८८ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको छ ।
Advertisement
तेह्रौ गाउँसभामा पालिकाका उपाध्यक्ष तारा थापाले बजेट प्रस्तुत गरेकी थिइन । पालिकाको अान्तरिक अाय भने ५५ लाख रहेको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारको क्षेत्र मुख्य प्रथामिकतामा छन् । पालिकाले बजेट माथि छलफल असार १३ गते गर्ने कार्यक्रम रहेको छ । गाउँ सभामा गुल्मीदरबार गाउँपालिकाको अार्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सभामा प्रस्तुत गरिएको थियो ।