• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

माओवादी केन्द्रको बैठकमा ग्रेटर नेपालको नक्सा


  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित
  • रूपन्देही । रूपन्देहीको बुटवल नयाँ गाउँस्थित नयाँगाउँ पार्टी प्यालेसमा माओवादी कार्यकर्ताहरूको बाक्लो भिड छ। हल खचाखच भरिएको छ। चर्को गर्मी भएपनि हलमा एउटा मात्र एसी चलिरहेको छ, केहि पंख्या चलिरहेका छन्।  मन्चमा बसेका छन्, पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला संयोजक निर्मल जिसी लगायतका नेताहरू। अतिथिको पछाडीपट्टि जनवर्गीय संगठन र मोर्चाको संयुक्त बैठक तथा प्रशिक्षण लेखिएको व्यानर झुण्ड्याईएको छ।  माओवादी केन्द्रका यस प्रकारका कार्यक्रमहरूका व्यानरको छेउमा सधैजसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो राखिन्थ्यो। तर शनिबार दृश्य फरक देखियो । कार्यक्रमको व्यानरको छेउँमा प्रचण्डको फोटो होइन, ग्रेटर नेपालको नक्सा राखिएको छ।

    Advertisement

    जिल्ला पार्टी संयोजक निर्मल जिसीलाई नक्साबारे जिज्ञासा राख्दा उनले आफ्नो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा लड्नकै लागि स्थापित भएकोले राष्ट्रियतासंग जोडिएको ग्रेटर नेपालको नक्सा सोहि अनुसार कार्यक्रमको मूल व्यानरको छेउमा टासिएको बताए। उनले भने, ‘पार्टी अध्यक्ष कमरेड प्रचण्डले भारत भ्रमणको बेला समेत भारतीय पक्षलाई बडो प्रष्टसंग तपाईंहरूले सांस्कृतिक नक्साको नाममा नेपाली भूमिसमेत समेटिएको नक्सा प्रयोग गर्ने हो भने हामीले ग्रेटर नेपालको नक्सा प्रयोग किन नगर्ने भन्नु भएको छ। अध्यक्ष कमरेडको सोहि स्प्रिट अनुसार ग्रेटर नेपालको नक्सा प्रयोग गरिएको हो।’

    पार्टीको केन्द्रिय सर्कुलर अनुसार कार्यक्रमको व्यानरमा ग्रेटर नेपालको नक्सा प्रयोग गरिएको हो या तपाईंहरू आफैले यसरी प्रयोग गर्नुभयो भन्ने प्रश्नमा  संयोजक जिसीले ‘प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्षको स्प्रिटमा जिल्ला पार्टीले साथ दिएको’ भनेर बुझ्न अनुरोध गरे।

    पार्टीका २७ वटा जनवर्गीय संगठन र मोर्चाहरूका जिल्ला अध्यक्ष र अगुवा कार्यकर्ता सहभागी उक्त संयुक्त बैठकमा संगठनका प्रमुखहरूले जिल्लामा संगठनको अवस्था र आगामी योजनाबारे रिपोर्टिंग गरेका थिए।

    संगठन र मोर्चाका प्रमुखहरूको रिपोर्टिंगपछि प्रशिक्षणात्मक मन्तब्य राख्दै पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टी अध्यक्षको नेतृत्वमा रहेको संघिय सरकारले हिजो लोडसेडीङ्गको अन्त्य गरेको र आज भ्रष्टाचारविरुद्ध महत्वपुर्ण कार्यको थालनी गरेको भन्दै सरकारले गरेको कामलाई जनतामाझ पुर्याउन जबस मोर्चाले भूमिका खेल्नुपर्ने बताएका थिए। बैठकमा सहभागी एक माओवादी अगुवा कार्यकर्ताका अनुसार अध्यक्ष बरालले एकातिर संघिय सरकारले जनताको अपेक्षा अनुसार काम गरिरहेको र अर्कोतर्फ समाजवादी धुर्विकरणको विषय समेत उठिरहेकोले कम्युनिष्टहरूको लागि यो महत्वपुर्ण समय रहेको चर्चा गरेका थिए।

    बैठकले पार्टी नेतृत्वको सरकार र पार्टीले गरेका जनपक्षीय कामको प्रचार गर्ने, नियमित जनतामाझ जाने र जनताका समस्या समाधान गर्दै पार्टी जीवनलाई थप व्यवस्थित ढंगले जनतासंग जोड्ने लगायतका निर्णय गरेको पार्टी जिल्ला संयोजक निर्मल जिसीले जानकारी दिए।

    शनिबार, असार ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation