• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

असफलताले घुँडा टेक्दा मिलेको सफलता


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । हिम्मत नहार्ने हो भने असफलताले घुँडा टेक्छ भन्ने भनाइलाई रोल्पाको थवाङ गाउँपालिकाका ३८ वर्षीय हरि बुढामगरले प्रमाणित गरिदिएका छन् ।

    Advertisement

    विकटता र गरिबीलाई भोग्दै आफ्नो अदम्य साहस र बहादुरी प्रमाणित गरेर अद्वितीय प्रतिष्ठा आर्जन गर्ने बाबुको सपना पूरा गर्न साबिकको प्रवीणता प्रमाणपत्र तह पूरा गरेर बेलायती सेनामा भर्ती भएका बुढामाथि सन् २०१० ताका एउटा सोच्दै नसोचेको बज्रपात आइप(यो । जागिरे जीवनको १५ वर्षपछि अफगानिस्तानको हेलमान प्रान्तमा तालिबान आव्रmमणकारीले थापेको एम्बुसमा परी उनले दुवै खुट्टा गुमाउनुप(यो ।

    जागिर सुरु गर्ने बेलामा कि मरिएला नभए मारिएला भन्ने सोचका साथ फौजमा भर्ती भएका बुढामगरलाई दुवै खुट्टा गुमाएर बस्नुपर्दाको मानसिक बोझ भने बढ्दै गयो । सँगैका नम्बरीहरू लडाइँको मोर्चामा खटिरहँदा उनी एकाएक सपना जस्तै लडाइँबाट अलग्गिएर भूतपूर्व लाहुरे हुँदै अपाङ्गताको जीवनमा प्रवेश गरे । चाहेको भए जन्मभूमि थवाङ वा काठमाडौँ वा बेलायतको कुनै सहरमा ढुक्कले सम्मानजनक निवृत्तिभरण थापेर नाफामा पाएको जीवन जिउन सक्थे । उनले भने, “तर युद्वको घाउले बनाएको अशान्त मनलाई ह्विल चेयरमा मात्रै सीमित राख्न सकिन्थ्यो र ?”

    साधारण मान्छे र आफूमा केही फरक नभएको देखाउन साहसिक खेलहरुरूा संलग्न हुन थालेका उनको आत्मविश्वासले अहिले साधारण मान्छे जस्तै हिँडडुल मात्रै होइन विश्वका सर्वोच्च शिखर चुमेर फर्किएका छन् । सगरमाथा आरोहण गरेर विश्वलाई नेपालीको साहस प्रदर्शन गर्ने लक्ष्य बोके पनि पछिल्लो एक दशक यता सरकारले अपाङ्गता भएकालाई सगरमाथा आरोहणमा रोक लगाएकाले उनी निरास भएका थिए । तर राज्यले उनलाई अनुमति प्रदान ग(यो ।

    मङ्गलबार सगरमाथा आरोहण पूरा गरेर राजधानी फर्किएका उनले आरोहणको तयारी गर्दै गर्दा सरकारको पर्वतारोहणसम्बन्धी नियमावलीको पाँचौँ संशोधनले दुवै हात खुट्टा नभएका तथा दुवै आँखा देख्न नसक्नेलाई सगरमाथा आरोहण गर्नबाट वञ्चित गरेको व्यवस्थाले सबैभन्दा बढी कानुनी समस्या भोगेको बताए ।

    पछिल्लो आठ वर्षमा सामान्य मान्छेले जे गर्न सक्छन् आफूले समेत त्यो गर्दै आएको अनुभव सुनाउँदै उनले दुवै खुट्टा (घुँडाभन्दा माथिसम्म) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोचमा सरकारले साथ दिँदा सगरमाथा चढ्ने सपना पूरा भएको बताए ।

    उनले भने, “१५ वर्ष बेलायती सरकारको लागि काम गरेँ। मेरो दुईवटा खुट्टा पनि दिएँ। मेरा श्रम, समय र आधा युवावस्था दिएँ। तर मैले मेरो देशलाई के दिएँ त? भन्ने हुटहुटीले आज देशलाई सफलता दिएको छु। सगरमाथा चढ्ने आममानिसलाई प्रेरणा, हौसला र आत्मविश्वास दिएको छु।”

    आरोही बुढामगरले अबको यात्रा अपाङ्गता भएकालाई हिमाल चढ्दा बेहोर्नुपर्ने प्रव्रिmयागत झमेलालाई कम गर्ने काममा लाग्ने बताए। हिमाल चढ्दा अपाङ्गता भएका मानिसले पूरा गर्नुपर्ने कानुनी प्रव्रिmयालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आफू केन्द्रित रहने उल्लेख गर्दै उनले अब अपाङ्गता भएकाहरूले आफूले जस्तो लामो प्रव्रिmया भोग्नु नपर्ने अवस्था सिर्जना गर्ने बताएका छन्।

    मङ्गबार लुक्लाबाट राजधानी फर्किएका बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बधाई दिए। “हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ,” विमानस्थलमा स्वागत गर्दै मन्त्री किरातीले भने, “उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ।”

    राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत आरोही बुढामगरलाई शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन सफल उदाहरण बन्नुभएको भन्दै बधाई दिएका छन्।

    चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ लाग्नुभएका उनी शुव्रmबार दिउँसो ३ बजे सगरमाथा शिखरमा पुगेर फर्किएका हुन्। आरोही बुढामगरले सगरमाथाको आरोहण मात्रै पूरा गर्नुभएको छैन, पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्डसमेत कायम गरेका छन् । गोरखापत्र दैनिकबाट

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation