काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ। काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले बुधबार खाँणलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । बुधधबार खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । पक्राउपश्चात् खाँणलाई परिसरबाट म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ। यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।
यस प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।