दाङ। लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् ।
Advertisement
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेकाे छ ।