दाङ । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले नयाँ वर्षलाई राजनैतिक स्थायित्वको वर्ष बनाउँन आग्रह गरेका छन् ।
नयाँ वर्ष २०८० को पहिलो दिन सामाजिक संजालमार्फत् शुभकामना सन्देश दिँदै चौधरीले लेखेका छन्, ‘नयाँ वर्ष मार्फत् राजनैतिक स्थायित्वलाई स्थापित गरौँ । आर्थिक संकटबाट मुक्ति प्राप्त गरौँ । सम्वृद्धिको अभियान थालनी गरौँ ।’
पूर्व मन्त्री समेत रहेका चौधरीले एकल चिन्तन र चेतनाबाट मुक्त भइ हामी भन्ने भावनाबाट अभिप्रेरित हुँदै राष्ट्रको साझा दुश्मन रोग, भोकलाई सम्बोधन गर्न समेत आह्वान गरेका छन् ।
Advertisement