प्यार अलि खान, प्यूठान। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्यूठानले १० औं जिल्ला अधिवेशन गर्ने भएको छ।
फागुन ११ गते शनिबार होटल आयुष्मा जुम्रिमा जिल्ला अधिवेशन गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल प्यूठानका संयोजक विशेक थापाले जानकारी दिए।
अधिवेशनमा जिल्लाका ६४ वटै वडाबाट युवाहरुको प्रतिनिधित्व हुने थापाको भनाई छ। ‘वडाबाट महिला अनिवार्य सहित ३ जना प्रतिनिधि आउने व्यवस्था मिलाएका छौं।’ थापाले भने। अधिवेशनलाई युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Advertisement