• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

बाग्दुला-दम्ती सडक कालोपत्रेको काम कछुवा गतिमा


  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
  • प्यार अलि खान,प्युठान। जिल्लाकै प्रमुख व्यापारिक केन्द्र मानिने बाग्दुला देखि दम्ती खण्डको कालोपत्रेको कामले गति लिन सकेको छैन। सुरुदेखि नै सो सडक कछुवा गतिमा निर्माण भइरहेको छ।
    असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने योजनाको काममा ढिलासुस्ती भएको प्यूठान नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पदम बहादुर थापाले बताए।
    बाग्दुला देखि दम्तीसम्म ३ किलोमिटर ३ सय मिटर पिच गर्ने कामको जिम्मा हाम्रो निर्माण सेवा सुर्खेतले पाएको छ।
    ‘५ करोड ४१ लाख रुपैयाँमा कालोपत्रे र नालाको काम गर्ने गरि सम्झौता भएको छ।’ सडक पूर्वाधार कार्यालय प्यूठानका कार्यालय प्रमुख चन्द्र शाहले भने, ‘काममा ढिलासुस्ती भएको छ। हामीले बारम्बार ताकेता गर्दै आएका छौं।’ असार मसान्त सम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको उनले जानकारी गराए।
    उता निर्माण कम्पनीका प्रतिनिधि कृष्ण प्रसाद ओलीले तोकिएकै समयमा काम सम्पन्न गर्ने बताएका छन्। हाल भईरहेको कामलाई हेर्दा ओलीको भनाई पुष्टि हुँदैन। बाग्दुला बजार क्षेत्र देखि खप्रेङखोला आसपासका ठाउँहरुमा वाल उठाउने, नाली बनाउने काम भैरहेको उनले बताए। सडक क्षेत्रमा पर्ने विद्युतीय पोल व्यवस्थापनबारे नेपाल विद्युत प्राधिकरणसंग आवस्यक छलफल तथा समन्वय पछि कामले गति लिने उनले बताए। ओलीले भने, ‘अब हामी मेनपावर बढाउँदै लग्छौ, असार मसान्त सम्ममै काम सम्पन्न गर्छौं।’
    बर्खा मौषम नजिकिँदै गर्दा सडक स्तरोन्नतिको कामले गति नलिँदा बाग्दुला बजार क्षेत्रका स्थानीय व्यवसायीहरु चिन्तित बनेका छन्। सामान्य वर्षा हुँदा समेत यहाँको सडक हिलाम्मे हुने गरेको छ। बजार क्षेत्रको सडकमा ड्रेन (नाली) बुझिदा सडकमै पानीको भल बग्ने र हिलो हुने हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधारण देखि व्यापारीहरूले सास्ती खेप्नुपरेको छ। समस्या समाधानमा नजिकैको स्थानीय सरकारले चासो नदिँदा स्थानीयहरुमा निराशा छाएको देखिन्छ।

    Advertisement

    मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation