देवदह । रुपन्देहीस्थित देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका अर्जुन गैरे निर्वाचित भएका छन्। सभापतिमा अर्जुन गैरेले २९१ मत पाएर विजयी हुँदा ने.वि संघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीको धनी कुमारी पन्थीले ५५ मत प्राप्त गरेका छन्।
Advertisement
स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो। सचिवमा गौरव ज्ञवाली र कोषाध्यक्षमा सोभराज जैसी निर्वाचित भएका हुन्। त्यस्तै सदस्यमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल र सरोज गिरी निर्वाचित भएका हुन्।
समानुपातिकतर्फ भने अनेरास्ववियुले २९०, ने.वि संघले १४४, अनेरास्ववियूले ५९ र अखिल क्रान्तिकारी ५२ मत प्राप्त गरेको क्याम्पस निर्वाचन समितिले जनाएको छ।