• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ३. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ४. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • ५. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ६. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ७. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ८. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ९. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • १०. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

बुटवलमा ई–रिक्सालाई अस्थायी रुट, ईजाजत समयावधि तोकियो


  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
  • रुपन्देही । बुटवल बजारमा सञ्चालित ई–रिक्साहरुलाई व्यवस्थित गरेर सञ्चालन गर्नका लागि अस्थायी रुट इजाजत प्रदान प्रक्रियालाई अगाडि बढाईएको छ । दर्ता प्रक्रिया बिषयमा अदालतमा मुद्धा परेकाले हाललाई रुट व्यवस्थापन गरी चुस्त बनाउने उपायलाई अगाडि बढाईएको हो । बजारमा १ हजार १८ वटा रिक्साहरुलाई दर्ता गरेर चलाउन दिने निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिका विगतका बर्षदेखि लाग्दै आएको छ । क्षमताभन्दा धेरै मात्रामा ई–रिक्साहरु भएकाले बुटवलमा ट्राफिक समस्या गम्भीर बन्दै गएको जनगुनासो बढेपछि सम्बन्धित निकायहरुको ध्यानाकर्षण भएको छ । जसको व्यवस्थापनमा लागेको बुटवल उपमहानगरले हालसम्म धेरै प्रयास गरेपनि कार्यान्वयन हुन सकेको छैन् ।

    Advertisement

    यता पछिल्लो समय बुटवल उपमहानगरपाललिकाले एक कार्यदल समिति गठन गरेर व्यवस्थापन गरिछाड्ने गरी अगाडि बढेको पाईएको छ । फागुन ४ गते सर्वपक्षिय बैठकबसी दर्ता प्रक्रिया सम्बन्धमा मुद्धा अदालतमा विचराधिन अवस्थामा भएकाले तत्काललाई अस्थायी रुट ईजाजत प्रदान गर्ने निर्णय गर्दै फागुन १२ गतेभित्र आवश्यक कागजात पेश गरी निवेदन दिनुपर्ने निर्णय गरिएको ई–रिक्सा जाँचबुझ कार्यदलका संयोजक समुन्द्र जिसीले बताएका छन् ।फागुन १२ गतेदेखि चैत्र समान्त सम्मका लागि अस्थायी रुट ईजाजत लिनुपर्ने बताईएको छ । जसका लागि निवेदन दस्तुर १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अस्थायी रुट प्राप्त गर्न निश्चित मापदण्ड समेत तोकिएको छ । नेपाली नागरिकताको प्रतिलिपी, बुटवल उपमहानगरपालिका भित्र बसोवास गरिरहेको प्रमाण, चालकको लाईसेन्स, विलबुक र विमाको नविकरण गरेको प्रतिलिपी, एकाघरको सदस्यको नाममा विलबुक भएपनि हुने, पेश गर्नुपर्ने कम्पनीको हकमा कम्पनीलाई किस्ता बुझाएको रसिद र तमसुक भएको हुनुपर्ने र दर्ता प्रक्रियामा आउँदा नामसारी भई आएकालाई मात्रै प्रक्रियामा सामेल गराईने समेत निर्णय गरिएको संयोजक जिसीले वताए ।  संयोजक जिसीले भने, बुटवल उपमहानगरले १ हजार २ सय ५६ वटा रिक्साहरुलाई दर्ता गरिसकेको छ । पहिले हामीले १ हजार १८ भन्दामाथि दर्ता गर्नुहुन्न भन्नेमा थियौं । ई–रिक्सा व्यवसायीहरुले १ हजार ४ सय ४० लाई मान्यता दिनुपर्ने भन्दै १ सय ८४ वटा रिक्साहरुले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्धा दायर गरे । २ महिना अगाडि परेको मुद्धामा अदालतले अहिले “के कति कारणले उपमहानगरले स्थानियहरुलाई मात्रै समावेश गर्ने भनियो” भनेर जवाफ मागिएको छ । त्यसको जवाफ हामीले दिन्छौं । अन्य बुटवलमा चल्दै आएका कागजपत्र पर्याप्त नभएका र लाईसेन्स नभएका २ हजार ई–रिक्साहरु चल्न नपाउने वताए ।

    यद्यपी फागुन १२ गतेभित्र निवेदन दिएर रुट नलिएका ई–रिक्सा÷टेम्पोहरुलाई सञ्चालनका रोक लगाईने जनाए । उपमहानगरमा दर्ता भई रुट इजाजत लिई सञ्चालनमा रहेका पुराना, थोत्रा, कवाड र प्राविधिक दृष्टिकोणबाट अयोग्य ई–रिक्साहरुको यातायातमा गएर लगत कट्टा गरी उक्त रिक्साको सट्टामा स्वरोजगारको नयाँ रिक्सालाई दर्ता प्रक्रियामा लैजाने निर्णय भएको जनाए ।

     

    उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष समेत रहेका जिसीको संयोजकत्वमा ९ सदस्यीय कार्यदलले यस्तो निर्णय गरेको हो । सदस्यहरुमा सिताराम महतो, प्रकाश खनाल, फुल कुमार चौधरी, कृष्ण कँडेल, कृष्ण भुसाल, कृष्ण तिवारी, महेन्द्र प्रसाद श्रेष्ठ र नगर प्रहरी निरिक्षक जयश्वर पाण्डे सदस्य सचिव रहेका छन् । समितिले फागुन ५ गतेबाट १ महिनाभित्र अध्ययन थाल्ने र प्रतिवेदन पेश गरिने भएको छ ।

    यता, १ हजार १८ कायम गर्नेगरी अगाडि बढेको उपमहानगर विरुद्ध ई–रिक्सा धनी तथा चालकहरुले पटक–पटक सडक तथा उपमहानगरको गेट अगाडि आन्दोलन गर्दै आएका छन् । उनिहरुले गरिखाने वर्गहरुमाथि उपमहानगरले दमन गरेको बताउँदै, चरम बेराजगारीको सामान गरी दैनिकी चलाउन सडकमा आर्थिक जोहो गर्न संघर्ष गरिरहेका रिक्सा धनि एवं चालकहरु अन्यायमा परेको बताउँदै, उक्त निर्णय लागू नगर्न आग्रह गर्दै हकअधिकार हनन गर्नेगरी अगाडि बढेमा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिने वताउँदै आएका छन् ।

    आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    • ३.
      स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने

    • ४.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • ५.
      स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री

    • ६.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation