लुम्बिनीको सभामुख र उपसभामुख निर्बिरोध निर्बाचित

टेकबहादुर पुन, दाङ । लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्बिरोध निर्बाचित भएका छन ।

उनी नेकपा माओबादी केन्द्रका साँसद हुन । भने पाल्पा क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्बाचित भएका थिए ।
त्यस्तै उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विराेध निर्वाचित भएकि छिन । उनी राप्रपाबाट समानुपातिक सांसद हुन ।

यसअघी नेपाली काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उपसभामुख पदमा मनोनयन दर्ता गराएका थिए । दुबैजनाले दिएकाे उम्मेदवारी फिर्ता लिएपछी सत्तारुढ दलबाट मनाेनयन दर्ता गरेका हरुनै सभामुख र उपसभामुख निर्विराेध निर्वाचित भएका हुन ।
मङ्गलबार दिउँसाे बसेकाे लुम्बिनी प्रदेश सभाकाे बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक /एक जनाकाे उम्मेदवारी कायम भएपछी निर्विराेध निर्वाचित भएकाे घाेषणा गरेका हुन ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...