• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ८. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

अझै रोकिएन ओभर लोड बोक्ने सवारी साधन, हामी बोक्न दिदैनौ : अध्यक्ष श्रेष्ठ


  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
  • शिव राज खनाल, देउखुरी । सम्राट र सगरमाथा सिमेन्ट कम्पनीका टिप्परहरु लमहीमा पक्राउ परेका छन ।
    मापद्वण्ड बिपरित टिप्परले ओभरलोड सिमेन्ट बोकेको भन्दै राप्ती अञ्चल संयुक्त ट्रक ब्यबसायी समितीले पक्राउ गरेको हो । नियम बिपरित ३० टन सम्म लोड बोकेको पाईएको छ । १० चक्के गाडीले १७ टनसम्म बोक्न पाउने यातायात ब्यबस्था बिभागको मापद्वण्ड छ। समितीले ओभरलोड बोकेका ६ वटा टिप्पर पक्राउ गरेको छ । अन्य २ वटा टिप्पर बाटोबाटै कम्पन्नी तर्फ फर्किएको प्रहरीले बताएको छ ।

    Advertisement

    समितीले सम्राट सिमेन्ट कम्पनीको रा १ क २६१३ र सगरमाथा सिमेन्टको रा १ क १२८७, रा १ क १२८८, रा १ क १२७३, रा १ क १२४४ र रा १ क १२७५ नम्बरका टिप्परहरु नियन्त्रणमा लिएको छ ।
    प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन लोड बोक्न पाउने प्राबधान छ । तर सिमेन्ट कम्पनीले कानुनको धज्जी उडाउँदै क्लिङ्कर बोक्ने टिप्परमा ओभरलोड सिमेन्ट सप्लाई गरिएको पाईएको हो । ओभरलोड बोकेको पाईएमा नियमानुसार तत्काल कारबाही गरि ओभरलोड खाली गरेर पठाउने मापद्वण्ड छ । तर यसप्रती प्रहरीको चासो न्यून देखिएको छ । कम्पनीले लोड गर्दा नै ध्यान दिनुपर्ने ट्राफिक प्रहरी लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले बताए । कारबाही गर्ने प्राबधान त छ, गरिँदै आईएको छ तर ओभरलोड झार्दापनि समस्या छ-ट्राफिक प्रमुख चन्दले भने-सामान सुरक्षित साथ राख्ने स्थान पनि छैन।

    ओभरलोडले सडक भताभुङ्ग

    सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण लमही घोराही सडक खण्ड धुजाधुजा भएको छ। यस सडक खण्ड पहिले देखिनै नाजुक अबस्थामा छ । गाडीले ३० टनसम्म सामान बोकेर आउने भएकाले सडक भत्किएर नाजुक अवस्थामा पुगेको ओभरलोडका कारण सडक खण्डमा दर्जनौ स्थानमा भत्किएको छ । राप्ती अञ्चल यातायात व्यवसायी समितिले तीन वर्षअघि बढी भारबहन बोकेका सवारीसाधन भित्रिन नदिन अभियान नै चलाएको थियो ।
    तर, कम्पनीहरुले आफ्ना गाडीहरुमा ओभरलोड बोकाउँदै आएका छन ।
    व्यापक अभियान चलाएपनि कम्पनीको दादागिरीले ओभरलोड बोकाउँदै आएको राप्ती अञ्चल ट्रक ब्यबसायी समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए।

    ‘हामीले व्यापक रुपमा अभियान चलाउँदा पनि ओभर लोडका गाडी निर्वाधरुपमा हिड्ने गरेका कारण सडक जीर्ण अवस्थामा पुगेको छ ।
    कम्पनीले टिप्परबाट सिमेन्ट बोकाउन थालेपछि ट्रक ब्यबसायी हरु मर्कामा पर्दै आएका छन ।

    नियन्त्रनमा लिईएका टिप्परहरुलाई नियम अनुसार कारबाही गरेर छाडिएको छ । ट्राफिक प्रहरी लमही, वडाप्रहरी कार्यालय लमहीको सहयोगमा टिप्पर नियन्त्रनमा लिएर नियमानुसार कारबाही गरि छाडिएको समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिए । दाङ लगाएत देश भर ओभर लोड बोक्ने सवारी साधनमा कमि हुन सकेको छैन । यसको प्रत्यक्ष असर एका तर्फ सडकमा परेको छ भने अर्को तर्फ ट्रक व्यावसायि मार मा परेका छन । यसमा नियमन गर्ने पक्ष उदासीन देखिँदा यस्तो समस्या आएको ट्रक व्यावसायि बताउछन् ।

    मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation