• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

अवको बाँकी जीवन जनताकै सेवामा विताउने पाण्डेको घोषणा


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • आकाश सुवेदी, गुल्मी । गुल्मी क्षेत्र नंं १ क बाट प्रदेश सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका चिन्तामणी पाण्डेले अवको आफ्नो बाँकी जीवन जनताको सेवामा विताउने घोषणा गर्नुभएको छ ।
    गुल्मीको विकासमा खासै परिवर्तन नभएको भन्दै पाण्डेले आफ्नो उम्मेदवारी गुल्मीको विकास र परिवर्तनका लागि भएको स्पष्ट गर्नुभएको छ ।
    निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा घरदैलो, जनताको गुनासो र जनतासंगै साक्षात्कार गरिरहनु भएका उम्मेदवार पाण्डेले यसपटक जनताले परिवर्तन चाहेको र त्यो परिवर्तनका लागि आफूले बाँकी जीवन जनताकै लागि खर्चिने घोषणा गरेकोले आफू विजयी बन्ने उल्लेख गर्नुभयो ।
    पाण्डेले भन्नुभयो– जनताले परिवर्तन चाहेका छन, विकास चाहेका छन, युवाले गाउँमै रोजगारी खोजेका छन, अव त्यो सवै काम पूरा गर्नका लागि जनताकै साथमा रहने प्रण गरेको छु ।
    उम्मेदवार पाण्डेले घरदैलो गर्दैगर्दा जनताले आफूबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै युवालाई गाउँमै रोजगारीका लागि गाउँघरमै साना साना घरेलु उद्योग स्थापना गर्ने र युवालाई रोजगारीसंग जोड्ने प्रतिवद्धता जनाउनु भयो ।
    उहाँले गुल्मी पिछडिएको जिल्लामात्र होइन, अहिलेसम्म गुल्मीलाई त्यसरी बुझेकोमा उहाँले असन्तुष्टी ब्यक्त गर्दै अनेक संभावनाले भरिएको गुल्मीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनसंग जोड्नेगरी आफूले विकासको नयाँ भिजन ल्याउने जिकिर गर्नुभयो ।
    अहिलेसम्म गुल्मीको विकासबाट जनता खुसी नभएको उल्लेख गर्दै पाण्डेले जनतामा चर वितृष्णा देखिएको र अव त्यो आफू विजयी बनेपछि जनताको वितृष्णा समाप्त गरेर गुल्मीको सम्मृद्धिमा लागिरहने अठोट गर्नुभयो ।
    गुल्मीका जनताले नयाँ अनुहार खोजेको उल्लेख गर्दै पाण्डेले त्यसैका लागि आफू आएको बताउँदै आफूले परिवर्तन गरेर देखाउने, युवालाई रोजगारीमा जोड्ने, किसानलाई बाख्रा, कुखुरा लगायतका कृषि प्रवद्र्धनका कार्यक्रममा लगाउने प्रतिवद्धता पाण्डेले जनाउनु भयो ।
    आफू नेकपा एमालेबाट कहिल्यैपनि अलग नभएको उल्लेख गर्दै पाण्डेले गाउँ कमिटीदेखि अहिले प्रदेश कमिटीको सदस्यको भूमिकासम्म पनि पार्टीकै काममा खटिएको र इमान्दारी र लगावका साथ काम गरेकोले पार्टीले समेत आफ्नो मूल्याँकन गरेर टिकट दिएकोले यसपटक जनताले आफूलाई विश्वास दिने आशा व्यक्त गर्नुभयो ।
    जनतासंग मत माग्दै गर्दा जनताको भावना कस्तो पाउनु भयो भन्ने प्रश्नमा पाण्डेले यसअघि २०७४ सालमा जिताएका प्रदेश सभाका सदस्यले जितेपछि कहिल्यैपनि यो क्षेत्रमा फर्केर नआएको र विकासका काम केही नगरेको गुनासो गरेको बताउँदै जनतामा वितृष्णा रहेको उल्लेख गर्नुभयो ।
    उहाँले यो निर्वाचनमा पुराना टेष्टेड भैसकेका उम्मेदवारलाई भोट नदिने प्रतिवद्धता जनाएको उल्लेख गर्दै आफू जनताका लागि नयाँ अनुहार भएकोले जनताले भोट दिएर अत्यधिक मतले जिताउने जिकिर गर्नुभयो ।

    Advertisement

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation