• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

को हुन् बैतडी प्रदेश सभा ‘क’ का उम्मेदवार सुरेन्द्र पाल ?


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • बैतडी। बैतडी प्रदेश सभा क्षेत्र नं ‘क’ मा प्रदेशसभा सदस्यका लागि मुख्य रुपमा ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये एक हुन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र पाल ।

    Advertisement

    प्रदेश सभाको निर्वाचनमा पहिलो पटक होमिएका पाल २०५४ सालमा स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा निर्वाचित हुँदै २०७५ र एमालेको दसौं जिल्ला अधिवेशनबाट बैतडी अध्यक्षमा निर्वाचित भएका अनुभवी नेता हुन् ।

    चुनावको मिति नजिकिएसँगै उनी जनताको समस्या बुझ्न र घरदैलो अभियानमा व्यस्त रहेका छन् । प्रदेश सभा ९क० सबै ठाउँबाट महिलादेखि वृद्धवृद्धासम्म सबैले निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनी बताउँछन् ।

    निश्वार्थ रुपले कार्यकर्ताहरुको साथ सहयोग र आम मतदाताको सकारात्मक प्रतिक्रियाले आफुलाई चुनाव जित्न कठिन नहुने उनको भनाइ छ ।

    विकास र समृद्धिको अभियानसँगै राष्ट्रियताको संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रम एमालेकै नीति र कार्यक्रम अन्तरगत अगाडी बढिरहेको उनले बताए ।

    सुशासन, विकास, समृद्धि र समावेशिताका लागि एमालेलाई विजयी गराउन सबै जनताहरुमा अनुरोध गरेका छन् । जिल्लाको विकासको लागि केही गरौँ भनेर आफु पहिलो पटक चुनावमा होमिएको उनको भनाई छ ।

    ‘मेरो कमाउनु केही छैन्, निर्वाचित भएपछि जनताहरुकै लागि काम गर्छु’ उनले भने, ‘यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ ।’ आफूले अधुरा काम पुरा गर्नुका साथै सिंगो प्रदेशसभा क्षेत्र ९क० को विकासका लागि दिलो ज्यान लगाएर काम गर्ने पालले प्रतिवद्धता जनाएका छन् ।

    को हुन् पाल बैतडीको विकाशका लागि के—के गरे ?

    सुरेन्द्र पाल २०४६ साल देखि नेपाली राजनीतिमा होमिएका हुन् । उनले २०४६ देखि नै निस्वार्थ भावले सक्रियताका साथ होमिएर बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुखीएवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरे ।

    २०५० सालमा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य भए । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा राष्ट्रिय पञ्चायत सदस्य समेत रहेका नेपाली काँग्रेसका कम्मान बहादुर पाललाई पराजित गर्दे अध्यक्षमा निर्वाचित भए ।

    उनी निर्वाचित भएपछि समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटिएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन आफ्नो जिवनमा विभिन्न त्याग एवंम सङ्घर्ष गरे ।

    २०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कमिटीको कार्यवाहक नेतृत्व सम्हाले । २०७५मा नेकपा एमाले र माओवादी केन्द्रका बिच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि बैतडी जिल्ला अध्यक्ष भए ।

    नेपाल कम्युनिस्ट पार्टीको बैतडी अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लागिरहे ।

    नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भए । पाल समग्र जिल्लाको शिक्षा,स्वास्थ्य,भोतिक निमार्णको सवालमा सधै कम्मर कसेर लागिरहने अनुभवी नेता हुन् ।

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation