• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

सर्लाही १ : स्वतन्त्र उम्मेदवार ध्वजमान मुक्तानको चुनाव जित्ने दावी


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • सर्लाही । भ्रष्टाचार विरोधि युवा अभियन्ता एवं खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका कुशल खेलाडी ध्वजमान मुक्तानले सर्लाही १ बाट चुनाव जित्ने दावी गरेका छन्।
    प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिएका मुक्तानले राजनैतिक दल र तिनका कार्यकर्ताको कार्य शैलिबाट आजित भएका जनताले योग्य, सक्षम र समाज परिवर्तनको योजना भएको व्यक्ति खोजिरहेको हुनाले आफ्नो जित निष्चित रहेको बताएका हुन् ।
    भ्रष्टाचारको विरोधि मुक्तानले २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ करोड घुष लिएको सार्वजनिक गरेका थिए । उक्त घुष काण्डपछि अख्तियारको प्रमुख आयुक्त हुने लाईनमा रहेको पाठकले २०७५ साल फागुन ३ गते राजीनामा दिएका थिए ।
    राजनैतिक दलभित्र मौलाइरहेको बेथिति र नीतिगत भ्रष्टाचारले राजनैतिक दलका कार्यकर्ता र तिनका नजिकका आफन्त केन्द्रीत राज्यको सेवा सुविधा उपभोग गर्ने परिपाटीको विकास हुँदा आम सर्वसाधारणको दैनिकीमा कुनै परिवर्तन नआएकाले सुशासन र सुब्यवस्था स्थापनाको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।
    भ्रष्टाचारमुक्त समाज निर्माण, खेल र खेलमार्फत स्वास्थ्यलाई मजबुद बनाउने, कृषिमा आधुनिकीकरणको साथै कृषकको आयस्तर बढाउने, प्राविधिक तथा व्यवसायिक शिक्षा अंगीकार गर्ने, समुदायभित्रको जातीय, लैंगिक, धार्मिक विभेदहरुको अन्त्य गर्न अगुवाई गर्दै समतामुलक र सहिष्णु समाजको निर्माण गर्ने, समाजका प्रतिष्ठित तथा विशिष्ट व्यक्तित्वहरुको ज्ञान सीपको सदुपयोग गर्दै उनीहरुको समाजमा सम्मानित स्थान निर्माण गर्नेलगायतका प्रतिवद्धताका साथ चुनावी माहोलमा हेमिएका मुक्तानले आफ्ना प्रतिवद्धता एवं योजनाहरुमा जनताको पूर्ण साथ र समर्थन रहेकोले पनि आफ्नो जित हुनेका ढुक्क रहेको बताउँछन् ।
    ‘सत्ता प्राप्तिको लागि जोड घटाउको हिसाव गर्दै आएका विभिन्न राजनैतिक दलहरुको गठबन्धनको असली उद्देश्य र आलोपालोको भित्रि रहस्य थाहा पाइसकेका नेपाली जनता अब झुक्किने अवस्था छैन ।’ मुक्तानले भने, ‘ दलीय नेतृत्व र उनीहरुको अकर्मण्यताले लामो कालखण्डमा भएका व्यवस्था परिवर्तनबाट पनि जनताको अवस्थामा परिवर्तन गर्न सकेन र त्यसको लागि विधिको शासन, समतामुलक एवं स्वस्थ समाज निर्माणमा भ्रष्टाचारमा शुन्य सहनशीलता नै मेरो मुख्य लक्ष्य हो ।’
    पूर्ण जीवन खेलकुदमा समर्पण गरेका मुक्तान आठौँ साफ गेममा कराँतेतर्फबाट स्वर्ण पदक विजेता खेलाडी हुन् भने पश्चिम जापान कराते प्रतियोगिताको दुई पटकको च्याम्पियन हुन् । विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका मुक्तानले १० वर्ष जापानमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । वि.सं. २०६१÷२०६२ सालमा नै जापानमा प्रशिक्षण गराउँदा मासिक ७ लाख हाराहारीको सेवा–सुविधा त्यागेर व्यक्तिगत जीवनमात्र सफल भएर नहुने महसुस भएको हुँदा समग्र विकासको लागि समाज नै परिवर्तन गर्नुपर्ने अठोटका साथ नेपाल फर्किएर त्यसैअनुरुप काम गरेको उनी बताउँछन् । गोरखा दक्षिणबाहु र अन्य विभिन्न सम्मान–पदवी एवं पुरस्कार विजेता मुक्तान अपांग, असाह्य, गरीब र निमुखाहरुको हक अधिकारलाई स्थापित गराउनु पर्छ उनीहरुलाई प्रथमिकतामा राखेर राज्यले उनीहरुलाई सम्बोधन गराउन आफू कटिबद्ध भएर लागिपर्ने बताउँछन् ।
    सर्लाही क्षेत्र नम्बर १ मा केन्द्रमा भएको सहमतिअनुसार सत्तारुढ गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साह भन्दा स्वतन्त्र उम्मेदवारलाई स्थानीय जनताले बढी रुचाएको नेकपा एमालेका एक स्थानीय नेताले बताए । गठबन्धन गरेर चुनावी अभियानमा रहेपनि कांग्रेस र एमालेका कार्यकर्ताहरु नै असन्तुष्ट रहेको हुँदा जनताहरुको रोजाई स्वतन्त्रतर्फ रहेको कांग्रेसका नेताहरु नै बताउँछन् ।
    उता सर्लाही– १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन् । स्थानीय नेताहरूले लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् ।

    Advertisement

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation