• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गोकर्ण विष्टको प्रक्षेपणः चुनावपछि नेकपा एसको खुद्रा पसल बन्द हुन्छ, राजनीतिक भविश्य सकिन्छ


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले आगामी निर्वाचनपछि नेकपा एसको राजनीतिक भविश्य सकिने ठोकुवा गरेका छन् । ’त्यो पार्टी राष्ट्रियताको सवालमामा स्खलित भएर नागरिकता विधेयकलगाएत मुद्दामा उदार पुँजीवादी कांग्रेससंग साँठगाँठ गर्न पुग्यो, सरकारमा केही थान मन्त्री बनाउन, केही नियुक्तिमा आफ्ना मान्छे राख्न र चुनावअघि गठबन्धन गरेर आफ्नो सीट सुरक्षित बनाउन पार्टी विभाजन गरेको प्रष्ट भयो’– नेता विष्टले भने ।
    शुक्रबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता विष्टले पार्टी विभाजनका समयमा नेताकार्यकर्तालाई दिइएको विद्रोहका भ्रम सबै यो बीचको समयमा मेटिइसकेकाले इमान्दार कार्यकर्ताहरु पुरानो घरमा आइरहेको र केही आउने क्रम रहेको बताउँदै भने– ‘हिजो जुन भ्रम फैलाइएको थियो त्यसको सबै भण्डाफोर भइसकेको छ, नेतृत्वको गलत निर्णय बुझेर नै धेरै साथीहरु फर्किनुभएको छ, केही फर्कने क्रममा हुनुहुन्छ र केही बाध्यताले अल्झिनुभएको छ तर आगामी निर्वाचनपछि पार्टी विभाजनको सबै औचित्य सकिने छ र नेकपा एसको राजनीतिक भविश्य नै सकिने छ ।’
    नेता विष्टले भने–‘नेकपा एस नामक पार्टीको खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ ।’
    गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका विष्टले नेपाली कांग्रेस र माओवादीले मैदान खाली गरेपछि नेकपा एमालेको बलियो प्रतिस्पर्धी कोही नभएको बताएका छन् । ‘कांग्रेस माओवादीले मैदान खाली गरेको अवस्था छ, अहिलेका प्रतिस्पर्धी अरुको सहारामा लड्नुपरेको छ, सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ ।’ नेता विष्टले भने–‘सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना नगरिदिनुहोला पत्रकार साथीहरु, त्यहाँको वास्तविकता हेरेर विश्लेषण गरिदिनुहोला, म संसद प्रवेश गर्दाको अवस्था र अहिलेको विकासको अवस्था तुलना गरेर हेरिदिनुहोला, धेरै काम भएको छ, सुरु भएका योजना पूरा हुने क्रममा छन् र अझै धेरै गर्न बाँकी छ । ’
    स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग एमालेको कुनै प्रतिष्पर्धा नहुने बताउँदै प्रतिष्पर्धामा रहेकी रामकुमारी झाँक्रीको नामै नदिई प्रतिस्पर्धाको चर्चामा आएका उम्मेदार चुनाव जित्न नभई पर्यटन प्रवद्र्धन गर्न गाउँ डुलेको टिप्पणी गरे ।
    एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यहीँ अनुसार देशभर चुनावी माहोल बनेको विष्टले दाबी समेत गरे । गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे ।
    ‘हाम्रो पार्टी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्न हामी अभियानमा जुटेका छौँ त्यहीअनुसार जनता पनि उत्साहित भएर चुनावमा लाग्नुभएको छ’, विष्टले भने । पूर्वमन्त्री विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने दाबी गरे । आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको विष्टले बताए । एमाले नेतृत्वको सरकारले ल्याएको विकासको अभियानले गाउँमा विकासको लहर ल्याएको बताएका छन् ।

    Advertisement

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation